पाँचथर । फिदिम ६ शिवामा जारी तेस्रो अर्थे मेला पालिका स्तरीय भलिबल प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा फेदाप गाउँपालिका तेह्रथुम र पाथिभरा याङवरक गाउँपालिका ताप्लेजुङ बिजयी भएका छन् ।
मंगलबार भएको पहिलो खेलमा फेदाप गाउँपालिका तेह्रथुमले कुम्मायक गाउँपालिका पाँचथर लाई पहिलो २५—९,दोस्रो २५—२१ र तेस्रो सेटमा २५—२१ ले जित्न सफल भयो । फेदापका कुमार बस्नेत प्लेयर अफ दि म्याच घोषित भए । उनले २ हजार रुपैयाँ प्राप्त गरे ।
मंगलबारनै भएको दोश्रो खेलमा पाथिभरा याङवर गाउँपालिका ताप्लेजुङले फालेलुङ गाउँपालिका पाँचथरलाई हराएको छ । पाथिभरा याङवर गाउँपालिकाले पहिलो २५—१६,दोस्रो २५—२३ र तेस्रो सेटमा २५—१५ ले जित्न सफल भयो । याङवरका राजेश कडेल प्लेयर अफ दि म्याच घोषित भए । उनले २ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा पाँचथरका ६ पालिका सहित छिमेकी जिल्लाका ४ पालिका गरि १० पालिकाहरुको सहभागिता रहको छ । विजेताले ७० हजार रुपैयाँ र ट्रफि प्राप्त गर्नेछ । उपविजेताले हजार ५० नगद पुरस्कार पाउनेछन् ।
बुधबार हुने खेल :
मिक्लाजुङ गाउँपालिका पाँचथर र रामप्रसाद राई गाउँपालिका भोजपुर
समय : दिउसो १२ बजे
चुलाचुली इलाम र पाथिभरा याङवर गाउँपालिका ताप्लेजुङ
समय : दिउसो २ बजे