पाँचथर– पाँचथरको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र १ र २ मा नेकपा (एमाले)ले धेरै मत प्राप्त गरेको छ । पछिल्लो मत परिणाम अनुसार ६ हजार १ सय १९ मतले एमाले काग्रेसभन्दा अगाडी छ ।
तर यो अन्तिम मतपरिणाम भने होइन । समानुपातीक तर्फ नेपाली सेना र कारागारमा रहेको मतदान केन्द्रको मतगणना गर्न बाँकि छ । यस्तै प्रतिनिधि सभातर्फ प्रदेशको मतपत्र परेको हुन सक्ने भएकाले अन्तीम परिणाम आएको छैन् ।
मुख्य निर्वाचन अधिृकतको कार्यालयका अनुसार हालसम्म ७४ हजार ३ सय ५६ मत गणना भएको छ । यति मतगणना गर्दा एमालेले २६ हजार २, कांग्रेसले १९ हजार ८ सय ८, नेकपा (माओवादी) केन्द्रले १० हजार ६ सय ७७ मत प्राप्त गरेको छ । ३ हजार ३ सय ६१ मत प्राप्त गरेर राप्रपा चौथोँ स्थानमा छ भने नेकपा एसले २ हजार ९ सय २०, संघिय लोकतान्त्रीक मञ्च (लिम्बुवान)ले २ हजार ५ सय ५४ मत प्राप्त भएको छ ।
मतदाता शिक्षाको कमि बदर मतले पनि जनाउछ । प्रदेश समानुपातीकमा ४ हजार ४ सय ७७ मत बदर भएको छ ।