पाँचथर । पाँचथर निर्वाचन क्षेत्र १ (१) बाट नेकपा एकिकृत समाजबादीका कमलप्रसाद जबेगु विजयी भएका छन् । उनले नेकपा एमालेका राजकुमार भण्डारीलाई पराजित गरे ।
जबेगुले १६ हजार ८ सय ३७ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजकुमार भण्डारीले १६ हजार २ सय ४ मत ल्याए । जबेगुले भण्डारीलाई ६ सय ३३ मतले पराजित गरे । जबेगु निर्वाचित भए पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले घोषण गर्न भने बाँकी छ ।