पाँचथर । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पाँचथरमा दिउँसो २:३० बजेसम्म ३५ प्रतिशत मत खसेको छ।
प्रमुख जिल्ला अधिकारी गणेश गैरे अनुसार दिउँसो २:
३० बजेसम्म यहाँ ३५ प्रतिशत मतदान भएको हो ।
कुल १ सय ७७ वटा मतदान केन्द्र रहेको पाँचथरमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र छन् । यसपटक मतदान केन्द्रमा मतदाताको उत्साहजनक उपस्थिति देखिएको छैन ।