पाँचथर । पाँचथरमा पछिल्लो पाँच वर्षमा जिल्लाको राजनिति धेरै फेरिएको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको प्रदेश एकको पहाडी जिल्ला पाँचथरमा यो पटक पनि हेभिवेट नेताबीच प्रतिस्पर्धा हुने भएको छ । पाँचथरमा एमाले ,कांग्रेस बिच पहिलाबाट नै तिब्रप्रतिस्पर्धा हुने जिल्ला हो । कुल ८ स्थानीय तह रहेको यो जिल्लामा सत्ता गठबन्धनको तर्फबाट कांग्रेस सहमहामन्त्री भिष्मराज आङदेम्बे र एमाले नेता वसन्तकुमार नेम्बाङबीच प्रतिस्पर्धा हुने पक्का भएको छ
२०७४ सालमा एकालेको साथमा रहेको माओबादी अहिले कांग्रेसको साथमा छ । २०७४ सालमा एउटा प्रदेश क्षेत्र एमाले र अर्को प्रदेश क्षेत्र गठबन्धमा रहेको नेकपा माओबादी केन्द्रले जितेको थियो । प्रतिनिधिसभा सदस्यमा एमाले नेता वसन्तकुमार नेम्बाङ निर्वाचित भएका थिए । नेम्बाङ एमालेमा प्राप्त जिम्मेवारी पुरा गर्ने नेताका रुपमा परिचित छन् । कांग्रेसबाट पराजित भिष्मराज आङदेम्बेको राजनीतिक पहिचान पनि यो पटक फेरिएको छ । नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवाका अति निकट मानिने आङदम्बे कांग्रेसको १४ औं महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित भएका छन् । दुबै नेताले राष्ट्रिय पहिचान बनाएका छन् ।
गत संघीय चुनावमा एमालेका नेम्बाङले फराकिलो मत अन्तरले कांग्रेसका आङदेम्बेलाई पराजत गरेका थिए । नेम्बाङले ३८ हजार ६ सय १६ मत पाउँदा आङदेम्बेले २८ हजार ३५ मत प्राप्त गरेका थिए । दुई नेताबीच १० हजार ५ सय ८१ मतान्तर थियो ।
२०७४ को संघीय निर्वाचनको मत परिणाम
वसन्तकुमार नेम्बाङ ३८ हजार ६ सय १६ मत
भिष्मराज आङदेम्बे २८ हजार ३५ मत
मतान्तर १० हजार ५ सय ८१
यस पलिको स्थानिय तहको चुनाबमा जिल्लाका ८ पालिकामध्ये ६ पालिका जित्दै कांग्रेस पहिलो दल बनेको छ भने एमाले र माओवादीले एक-एक पालिका जितेका छन् । कांग्रेसले कुम्मायक, तुम्मवेवा, फालेलुङ, फाल्गुनन्द र हिलिहाङ गाउँपालिकासहित फिदिम नगरपालिका जितेको छ ।
त्यस्तै, माओवादीले मिक्लाजुङ गाउँपालिका र एमाले याङवरक गाउँपालिकामा निर्वाचित भएको छ । वडागत मतका आधारमा एमालेको सबैभन्दा बढी मत भए पनि सत्ता गठबन्धनका दलहरुको मत एमालेको भन्दा साढे १२ हजार बढी छ ।
२०७९ को स्थानीय तहको वडागत मत परिणाम
नेकपा एमाले- ३०, ९५८
नेपाली कांग्रेस- २५, ०६५
नेकपा माओवादी केन्द्र- ११, ८०८
जनता समाजवादी पार्टी- २,६४३
नेकपा एकीकृत समाजवादी- २,१६१
राष्ट्रिय प्रजातन्त्र पार्टी- १, ९०९
नेम्बाङ २०४८ र २०५६ र २०७४ मा सांसद भइसकेका नेता हुन् । भने केपी शर्मा ओलीका पालामा भौतिक पूर्वाधार मन्त्री हुँदा गरेको कामले लोकप्रिय बनेका थिए ।
आङदेम्बे पनि दोश्रो संविधानसभामा निर्वाचित भएका थिए । उनी पनि मतदाताबीच लोकप्रिय मानिन्छन् । गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा भने पाँचथरमा मा एमालेलाई ठुलो धक्का लागेको छ । एमालेको आधार क्षेत्र मानिएको कुम्मायक र हिलिहाङमा समेत पालिका अध्यक्ष गुमाएको छ ।
स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने पाँचथरमा एमाले बलियो देखिन्छ । एमालेका वडाध्यक्षका उम्मेदवारले यो क्षेत्रमा ३० हजार ९५८ मत प्राप्त गरेका छन् । कांग्रेसले २५ हजार ६५ मत प्राप्त गर्दा माओवादीले ११ हजार ८०८, जसपाले २ हजार ६४३, नेकपा एसले २ हजार १६१ र राप्रपाले १ हजार ९०९ मत प्राप्त गरेका छन् ।