सरला रेग्मी,
धरान । पिण्डेश्वर धाममा कलस बोकेर लाइनमा उभिएकी निहारिका धरान ११ कि हुन् उनी पश्चिम दमौलिबाट बिबाह भएर बैशाखमा आएकी हुन् उनको पहिलो तिज हो । पहिलो तिज उनी श्रीमान संगै मनाउन चाहन्छिन त्यही भएर माइत नगएकी अरे, उनले भनिन् ”साझ सम्म केही नखाने त्यसपछी पानी खाने” ।
५५ बर्षिय राधिका शर्माले बिबाह भएको ३५ बर्ष भैसक्दा पनि अझै पानी नखाइ व्रत बस्ने गरेको बताइन् ।
देशैभरी आज हरितालिका तीज पर्व हर्षल्लासका साथ मनाइँदैछ । हिन्दू नेपाली महिलाहरूले महादेवको पूजाआराधना गरी तीज मनाउने गर्छन् ।
देशका विभिन्न शिव मन्दिरमा आजको दिन घुइँचो हुने गर्छ । धरानको पिण्डेश्वर धाम पुर्वको पशुपतिनाथ मानिन्छ । हरितालिका तिज मनाउन पिण्डेश्वरमा घुइँचो लाग्ने गर्छ ।न बच्चा न बुढा सबै तिजमा रमाएको देखिन्छ ।
श्रीमान र श्रीमती बिचको सुमधुर सम्बन्ध बनाउने हरितालिका तिजको छुट्टै रौनक छ । परापुर्वककाल देखि मनाउदै आएको बिश्वास गरिने तिज पर्वले महिलाको लुकेको प्रतिभा मात्र होइन, घरधन्दाबाट बेफिक्री देखिन्छन् । बिशेषगरि आजको दिन व्रत बसी शिव-पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास गरिन्छ ।
तिजको अघिल्लो दिन राति दर खाने र भोलिपल्ट तीजको दिन व्रत बस्ने र शिव-पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ ।
पछिल्लो समय तीजको दिनभन्दा केही अघिदेखि नै नाचगान गर्ने गरिन्छ ।
दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।
तिजको किम्बदंतीले भन्छ – हिमालय पुत्री पार्वतीले आफ्नो पति भगवान शिवको शरीरमा केहि नहोस भनी लिएको पहिलो व्रत दिन हरितालिका तीजको दिन थियो । पार्वतीको विवाह भगवान विष्णुसँग गरिदिने वचन पिता राजा हिमालयले गरेकोले पार्वतीले आफुले मन पराएको शिवलाई पाउन तपस्या गरेकी थिइन् ।
आफूले तपस्या गरेको वर्षदिन पुग्दासमेत फल नपाएपछि पार्वतीले एकदिन शिवको मुर्ति राखेर निराहार ब्रत बसिन् । यसरी पार्वती निराहार व्रत बसेपछि शिव जी आफै प्रकट भई इच्छा पुरा होस् भनी आर्शिवाद दिएकाले पार्वती र शिवको विवाह भएको विश्वास रहेको छ । उक्त दिन भाद्र शुक्ला तृतिया परेको थियो ।
यसरी शिव र पार्वतीको विवाह सम्पन्न भएपछि हिन्दू नारीहरुले यसदिनलाई हरितालिका तीज चाडको रुपमा मनाउन थालेको मानिन्छ । हाम्रो समाजमा तीजमा विवाहित महिलाहरुले आफ्नो पतिको दिर्घायुको कामना गर्ने र अविवाहिताहरुले शिवजी जस्तै योग्य पति पाउने आशा गर्दै व्रत बसी नाचगान गर्छन् ।
मन्दिर परिषद्मा भेटिएका हजुरआमाहरु भन्नू हुन्छ “हामिले भोगेका दुख दिदीबहिनीसँग गीतको माध्यमबाट पोख्ने पुरानो चलन अहिले भड्किलो हुँदै गएको छ । यस दिन वर्ष भरीको सबै दुख बिर्सीएर रमाउने गर्थ्यो” ।