पाँचथर– नेत्र विक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र पठाएको छ ।
उक्त पार्टी पाँचथर जिल्ला समितिले प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने मार्फत् विभिन्न चार बुदेँ माग राख्दै ज्ञापन–पत्र बुझाएको हो । जिल्ला समिति सचिव सन्तोष विष्टको नेतृत्वको टोलीले जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएको थियो ।
सरकारसँग भएको ३ बुदेँ सहमति अनुसार बन्दिहरुको रिहाई तथा मुद्धा खारेजी, महासचिव, प्रवक्ता लगायतका नेताकार्यकर्ता माथि जारी गरिएको पक्राउ पुर्जी खारेजी, एमसिसि सम्झौता खारेजी लगायतका माग राखेर ज्ञापनपत्र बुझाएको हो ।