केन्जो खबर
पाँचथर । नेपालको मध्य पहाडी भूभागका जिल्लाहरुलाई यातायात सञ्जालमा जोडी उक्त क्षेत्रको आर्थिक, सामाजिक, साँस्कृतिक, पर्यटकीय, शैक्षिक आदि समग्र क्षेत्रको सन्तुलित विकास गर्ने अभिप्रायले तराईका जिल्लाहरु समेटेर निर्माण गरिएको पूर्व पश्चिम राजमार्ग जस्तै मध्य पहाडी क्षेत्रको पूर्वमा पाँचथर जिल्लाको चियोभञ्ज्याङ्ग (नेपाल भारत सिमाना) देखि पश्चिममा वैतडी जिल्लाको झुलाघाट (महाकाली नदी) सम्म पुग्ने गरी करीव १८७९ कि.मि. लम्बाईको लोकमार्ग निर्माणको काम भएको छ ।
पाँचथरको चिवाभञ्याङदेखि मेचीराजमार्गमा पर्ने गणेश चोक र जोरसालदेखि माझिटारसम्मको खण्ड पाँचथरमा पर्छ । मध्यपहाडी लोकमार्ग बनेसँगै यि क्षेत्रको आर्थिक सामाजिक रुपान्तर भएकार गएका छन् । ग्रामिण क्षेत्रमा बजारीकरण हुन थालेको छ ।
च्याङ्थापु, शिलशिले, ओयाम लगायकत ठाँउमा बजारीकरण भएको छ । सडक पुगेसँगै गाँउहरु सुविधा सम्पन्न भएका छन् । याङवरक गाँउपालीकाको सबै वार्ड छुने भएकाले यो क्षेत्रका बासिन्दाले ठुलो सुविधा पाएका छन् । त्यसोत छिमेकी जिल्ला ताप्लेजुङका जनताले पनि सुविधा पाएका छन् । गाँउको उत्पादन सहर पुगेको, गाँउमा अनेकन सुविधा थपिएको छ ।
गणेशचोकदेखि दारिम्बासम्म भएको कालोपत्रेले ठुलो सुविधा दिएको छ । दोरीम्बादेखि–चिवाभञ्याङसम्मको सडक कालोपत्रेकाम सम्पन्न भएपछि थप सुविधा पुग्ने देखिन्छ । राष्ट्रिय गौरवको आयोजना भएकाले यो सडकको निक्कै ठुलो महत्व छ । विभिन्न खोलामा बनेका पुलले ठुलो राहत मिलेको देखिन्छ ।
मध्यपहाडी लोकमार्ग बनेपछि अलैची, अदुवा लगायतका स्थानीय उत्पादन बजार पुगेका छन् । सडक नजिकै नयाँ नयाँ नयाँ घर बन्दैछन् । गाँउमा अत्याधुनिक सेवा सुविधा भित्रिदै गएको छ । नेपाल तर्फ सडक बनेको केहि बर्ष पछि चिवाभञ्याङमा भारतको सिक्किमले पनि सडक ल्याएको छ । पर्यटनको महत्वपनि यो सडकले बोकेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका सुन्दर गन्तव्य पुग्नलाई यो सडकले राहत दिएको छ ।
गणेशचोकसम्म मध्यपहाडी लोकमार्ग आउँछ । यहि नजिकैबाट तमोर कोरीडरको सडकले सुनसरीको चतरा जोड्छ । १ सय ५३ किलोमीटर लामो सडकले यो क्षेत्रमा ठुलो सुविधा दिएको छ । गणेशचोक–मुलघाट–चतरा सडकले धेरै ठुलो सुविधा दिएको छ । पूर्वी पहाडी क्षेत्रको लाइफ लाईनको रुपमा यो सडक रहेको छ । संघिय राजधानी, प्रदेश राजधानी तथा ठुला ठुला अस्पताल भएका सहरलाई यो सडकले छोट्याएको छ ।
तमोरको किनारै किनार यो सडक बनेको छ । विगतमा नुन बोक्ने धरान जानेबाटोमा अहिले सरर गाडी कुद्छ । तमोर नदिको किनारै किनारै किनार धरान पुगेर नुन, मटितेल ल्याउनु पथ्र्यो । गडतीरको बाटो भएर धरान नुन बोक्न गएको सम्झना धेरै बुढापाकाले गर्छन् । नुन बोक्न भारतको विजनबारीतीर पनि जानेगरेको बुढापाका बताउँछन् । सिमाना भन्दा टाढा भएका तथा हिँउ पर्ने भएकाले धेरै जसो तमोरको किनारै किनार धरान पुग्थे । तीसको दशकमा यसरी भारी बोक्ने हिडेर धरान गएका लिङदेनका घर नजिकअहिले धरान जाने गाडी चल्छ ।
पाँचथर, तेह्थुम, धनकुटाका बासिन्दा धरान भारी बोक्न जाने गरेको बाटोमा अहिले सडक बनेको छ ।गणेशचोक–मुलघाट– चतरा (तमोर कोरीडर) सडक बनेपछि पूर्वी पहाडसँग तराई नजिकिएको छ । पछिल्लो बर्ष ट्रायक सम्पन्नभएसँगै धेरैको रोजाईको बाटो बनेको छ । ताप्लेजुङ, पाँचथर, तेह्थुमका बासिन्दा यहिबाटो भएर धरान, धनकुटा, विराटनगरको यात्रा तय गर्छन् । बाक्लो गरी गाडी कुद्छ । फुत्त तराई निस्कन सजिलो भएको छ ।
प्रस्तावीत तमोर जलाशययुक्त आयोजना बन्दा असर नपरोस भनेर सडक केहि माथि सडक बनाइएको छ । तमोर नजिकै बनाइएको फराकिलो सडक सुन्दर छ ।
पाँचथरको गणेशचोकदेखि सुनसरीको बराहक्षेत्रसम्म ग्राबेलस्तरको सडक बनेको छ । गणेशचोकमादेखि १ सय ५८ किलोमीटरमा चतरा पुगिन्छ । सडकको ट्याक खुलेसँगै ताप्लेजुङ र धनकुटाका विभिन्न गाँउबाट तराई झर्ने गाडी चल्न थलेका थिए । धनकुटाको सागुरीगडी, चौविसे, पाँचथरको तुम्बेवा, कुम्मायकका बासिन्दा फुत्त तराई पुग्छन् । ताप्लेजुङ सदरमुकाम, फिदिमबाट यहिबाटो भएर गाडी छुट्छन् । विभिन्न गाँउबाट यो सडक जोडिएको छ ।
पुष्पलाल (मध्यपहाडी) लोकमार्गको फिदिम कार्यालयले ट्रयाक खोल्ने काम गरेको थियो । यो सडकको ट्रयाक खोल्ने काम द्रुत गतिमा भएको थियो ।
यो सडकरोजाईको बाटो बनेको छ । यो सडकमा यातायात व्यवसायी गाडी लगाउन थालेका छन् । विभिन्न गाँउबाट यहि कोरीडरमा सडक जोडिएको छ । ताप्लेजुङ, पाँचथर, तेह्थुम र धनकुटाको गाँउ गाँउकाबासिन्दा यहि बाटो भएर हिड्छन् ।यो सडक कालोपत्रे गर्ने तयारी भईरहेको छ । यसले थप सुविधा दिने देखिन्छ ।
मुलघाटमा कालोपत्रे सडक भेटिन्छ । मुलघाटबाट हुदैँ धरान पुग्ने गरीन्छ । तर मुलघाटदेखि–चतराजोड्ने सडकको बनीसेको छ । धार्मिक महत्व भएका कोका, वराहक्षेत्र यहि पुग्छन् । चतराको बहुआयमीक विशेषता रहेको छ । तमोर नजिकै फराकिलो सडक बनेपछि यि जिल्लाका बासिन्दाई सुविधामात्र थपिएको छैन् । सडक आसपासमा घर बनाउने, होटेल खोल्ने क्रमपनि बढ्दै गएको छ ।
पाँचथरको सुभाङ खोलामा उत्तरदक्षिण लोकमार्ग जोडिन्छ । यो सडक नेपाल चिन सिमाना ताप्लेजुङको टिप्तला जान्छ । उत्तर– दक्षिण जोड्नका लागि पनि यो सडक महत्पूर्ण छ । सडक बनेपछि सुविधा थपिएको छ । खोलाकिनारमा चहपलह बढेको छ । बाटोभरी होटल खुल्ने तथा घर बन्ने क्रम बढेको छ । तराई तथा सुविधासम्म सहरलाई छोट्याएको छ । विरामी छिटो गरी सुविधासम्म अस्पाल लैजान सजिलो भएको छ ।
यो सडकको काम तिव्रगतिमा भएको थियो । यो सडकले दिएको सुविधाका कारण पूर्वी पहाडका बासिन्दामा खुसि छाएको छ ।