झापा ।दुबईका राजकुमार शेख मोहम्मद मक्तोउम जुमाला मक्तोउमले नेकपा एमालेका केन्द्रीय सदस्य एवम् व्यवसायी दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार दिएका छन् ।
तीनदिने नेपाल भ्रमणमा रहेका राजकुमारले श्री एरलाइन्सको चार्टर विमानमार्फत झापास्थित चन्द्रगढी विमानस्थलमा आफूलाई स्वागत गर्न पुगेका प्रसाईंलाई सुनको लाैरो हस्तान्तरण गरेका हुन् । राजकुमारको झापामा दुईदिन बस्ने कार्यतालिका रहेको छ । उनी पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न झापा पुगेका हुन् ।
सोमबार मक्तोउम् पोखरा जानेछन् । पोखराबाट काठमाडौं हुँदै उनी युइई फर्किने छन्।