पाँचथर । प्रदेश नम्बर १ सरकारले आगामी आर्थिक वर्षमा खेलकुदका लागि १५ करोड रुपैयाँ विनियोजन गरेको छ ।
अर्थमन्त्री इन्द्रबहादुर आङवोले संसदमा आगामी आर्थिक वर्ष २०७९-८० को बजेट सार्वजनिक गर्दै खेलकुद पूर्वाधार निर्माणमा जोड दिई खेलकुद गतिविधिलाई विद्यालय तहबाटै विकास गर्न, राष्ट्रिय तथा/अन्तराष्ट्रि प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई पुरस्कृत गर्न तथा खेल विकास एवं खेलाडीको क्षमता विकासको लागी बजेट छुटाएको बताए ।
मन्त्री आङवोले इटहरी रंगशालामा सन्ध्याकालीन समयमा समेत फुटबल तगायतका अन्य खेल खेल्न र प्रतियोगिता गर्न फ्ल्ड लाइट जडान गर्ने र कमल गाउँपालिकामा रहेको आदिवासि रंगशाला निर्माणको लागी बजेट छुटाएको बताए ।