विराटनगर । प्रदेश १ काे चुनावी सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँ विनियाेजन गरेकाे छ । आर्थिक मामिला तथा याेजना मन्त्री इन्द्रबहादुर आङ्बोले आर्थिक वर्ष २०७९–८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख बजेट विनियोजन गरेका हुन्
मन्त्री आङ्बोका अनुसार प्रदेशको योजनाका लागि प्रदेश सरकारको आन्तरिक राजस्व आम्दानीबाट चार अर्ब ९८ करोड ४५ लाख, राजस्व बाडफाडबाट ११ अर्ब ८८ करोड १४ लाख प्राप्त हुनेछ । बजेटका लागि संघबाट प्राप्त हुने वितिय समानिकरण अनुदानबाट ९ अर्ब ८२ लाख र ससार्त अनुदानबाट ८ अर्ब ६९ करोड, समपुरक अनुदान ९२ करोड र विशेष अनुदान मार्फत ४७ करोड ५० लाख प्राप्त हुनेछ ।