प्रदेश १ सरकारले प्रदेश १ का लोकमार्गहरू निर्माणका लागि ५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७९–८० को बजेटमार्फत लोकमार्गहरूको काम सक्नका लागि ५ अर्ब बजेट विनियोजन गरेको हो ।
आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार प्रदेशमा सय वटा झोलुङ्गे पुल निर्माणका लागि ३० करोड बजेट विनियोजन भएको छ ।
इटहरी र धरानको गुरु योजना बनाउनका लागि बजेट विनियोजन गरेको सरकारले इटहरीमा टेङ्ग्रा खोलालाई बुढीखोलामा मिसाउनका लागि अध्ययन गर्नका लागि पनि बजेट विजियोजन गरेको छ ।