प्रदेश १ सरकारले घरेलु मदिरा ब्रान्डिङका लागि बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले घरेलु मदिरा ब्रान्डिङका लागि बजेट विनियोजन गरेको जानकारी दिए ।
बजेट विनियोजनका क्रममा घरेलु मदिरा ब्रान्डिङका लागि आवश्यक बजेट विनियोजन गरेको बताएका उनले ब्रान्डिङका लागि छुट्याइएको बजेटको अंक उल्लेख गरेनन् ।
उनले उद्योग क्षेत्रको विकासका लागि ३६ करोड ८९ लाख रुपैयाँ बजेट विनियोजन भएको जानकारी दिए ।