फिक्कल । इलामको माईनगरपालिकामा बसोबास गरी मजदुरी काम गर्दै आएका भारतीय नागरिकको मृत्यु भएको छ ।भारतको दार्जिलिङ पोख्रेवुङ्ग स्थायी घर भएका ४० वर्षिय दाबा शेर्पा आज विहान माई–४ को अर्ने खोल्सीमा मृत भेटिएका हुन् । उनि विगत दुई वर्षदेखि माई नगरपालिकामा मजदुरी गर्दै आएका थिए ।
अत्याधिक मादक पदार्थ सेवन गर्ने शेर्पा स्थानीय क्षेत्रमा ज्यालादारी काम गर्ने गरेको बताईएको छ । प्रहरीकाअनुसार मृतक शेर्पाको शव पोस्टमार्टमका लागि इलाम अस्पताल लगिएको छ । पोस्टमार्टम र शव व्यवस्थापनको कार्य काम माई नगरपालिकाले गरेको छ ।