दिपक बोहोरा ।इटहरीमा जारी प्रदेश १ जिल्ला स्तरिय नकआउट फुटबल प्रतियोगितामा मेची पहाडका ताप्लेजुङ, पाँचथर र इलाम जिल्लाका क्लबहरुको उपस्थिति कमजोर देखिएको छ ।
यि ३ जिल्लाबाट लिग विजेताको हैसियतले ३ क्लबले सहभागिता जनाएका थिए । ताप्लेजुङबाट मानभरा स्पोटिङ क्लब, पाँचथरबाट राइजिङ्ग स्टार फुटबल क्लब र इलामको रेडहर्ष फुटबल क्लबले प्रतिस्पर्धा गरेका थिए । तर प्रतियोगितामा मेची पहाडका जिल्लाका लिग विजेता क्लबहरुको सहभागीता सहभागीतामा मात्र सिमित बन्न पुगेको छ । कुनै क्लबले गतिलो नजिना ल्याउन सकेन्न ।
उद्घाटन खेल रहेको पाँचथरको लिग वितेता राइजिङ्ग स्टार फुटबल क्लब पहिलो खेलबाटै घर फर्किन बाध्य भयो । गत बिहिबार इटहरी रंगशालामा भएको खेलमा उदयपुरको फ्युजन फुटबल क्लबसँग पाँचथर २–० ले पराजित भयो । खेलको तेस्रो मिनेटमै गोल खाएको पाँचथरले गोल फर्काउन समेत सकेन ।
शुक्रबार खोटाङको बास्किला फुटबल क्लबसँग ट्राइबेकरमा पराजित हुँदै ताप्लेजुङको मानभरा स्पोटिङ क्लब पनि प्रतियोतिाबाट बाहिरिन पुग्यो निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि खेल ट्राइबेकरमा गएको थियो । मानभरा स्पोटिङ क्लब ट्राइबेकरमा ४–२ ले पराजित हुन पुग्यो ।
आइतबार भएको तेश्रो क्वाटरफाइनल खेलमा इलामको रेडहर्ष फुटबल क्लब धनकुटाको लिग च्याम्पियन देउराली फुटबल क्लबसँग १–० ले परजित हुँदै प्रतियोगिताबाट बाहिरियो । इलामको रेडहर्ष फुटबल क्लब प्रतियोगिताबाट बाहिरिएसँगै मेचि पहाडको क्लबहरुको प्रदेश १ जिल्ला स्तरिय नकाउट फुटबल प्रतियोगिताको यात्रा सकिएको छ ।
पर्याप्त खेल मैदान, खेलाडीहरुको लागी पर्याप्त प्रशिक्षण नहुनु नै पहाडी जिल्लाका क्लबहरुको चुनौती रहेको पाँचथर जिल्ला फुटबल संघका प्रशिक्षक पासाङ तामाङले बताए । ‘यहाँको खेलाडीहरुले ठुला प्रतियोगिता खेल्ने अवसर पनि पाएका हुदैन्न अनि सानो खेलमैदानमा खेलिरहेका खेलाडीहरुलाई ठुलो खेलमैदानमा खेल्न गाह्रो हुन्छ ।’ तामाङले भने ।
यु–१८ टिमको मुख्य प्रशिक्षक समेत भइसकेका इलामका दर्शन भक्तराज पनि तामाङको कुरामा सहमत छन् । एक त पहाडी जिल्लामा निरन्तर एउटै सेट नहुने कुनै प्रतियोगितामा टिम कलेक्सन गरेर लैजानुपर्ने हुँदा पनि टिम कमजोर बन्ने गरेको उनले बताए । इटहरीको प्रतियोगिताको खबर नै ढिला भएकाले अभ्यासको लागी समय नहुँदा पनि नजिता अनुकुल नआएको उनले बताए ।
प्रदेश खेलकुद विकास बोर्डको आयोजना र इटहरी फुटबल क्लबको संयोजनमा इटहरी रंगशाला भइ रहेको प्रतियोगितामा प्रदेश १ का ११ जिल्लाका लिग च्याम्पियन क्लबको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले २ लाख र उपविजेताले १ लाख रुपैया प्राप्त गर्नेछन् ।