पाँचथर । इटहरीमा जारी प्रदेश १ जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा ताप्लेजुङ पहिलो खेलबाटै घर फर्कन बाध्य भएको छ ।
शुक्रबार इटहरी रंगशालामा भएको खेलमा खोटाङको बास्किला फुटबल क्लब संग ट्राइबेकरमा पराजित भएको हो । निर्धारित ९० मिनेटको खेल बराबरी मा सकिए पछि खेल ट्राइबेकरमा गएको थियो ।
ट्राइबेकरमा खोटाङ भाग्यमानी बन्न पुग्यो । ट्राइबेकरमा मानभरा स्पोटिड्ग क्लब ताप्लेजुङ्गलाइ ४-२ गोलले हराउँदै बाक्सिला फुटबल क्लब खोटाड्ग क्वाटर फाइनल मा प्रबेश गर्यो ।
खेलको म्यान अफ द म्याच बाक्सिला फुटबल क्लब खोटाङका गोल किपर किरण राई घोषित भए । प्रतियोगितामा ताप्लेजुङको लिग बिजेताको हैसियतले मानभरा स्पोटिड्ग क्लब प्रतियोगितामा सहभागी भएको हो ।