पाँचथर । इटहरीमा जारी प्रदेश १ जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा पाँचथर पहिलो खेलबाटै बाहिरिएको छ । बिहिबार इटहरी रंगशालामा भएको खेलमा उदयपुरको फ्युजन फुटबल क्लब संग पाँचथर २-० गोल ले पराजित भएको हो ।
बिहिबारबाट सुरु भएको प्रतियोगितामा पाँचथरको लिग बिजेताको हैसियतले सहभागी भएको पाँचथरको राइजिङ्ग स्टार फुटबल क्लब पहिलो खेलमै पराजित भएको हो ।
पाँचथरले खेल सुरु भएको ३ मिनेटमै गोल खाँदै दबाबमा परेको थियो । उदयपुरको लागी प्रविन राईले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो गोल भने प्रविण श्रेष्ठले गरेका थिए । पाएका केहि अवसर गुमाउदा पाँचथर पहिलो खेलबाटै निरास बन्न पुग्यो ।
खेलमा विजयी गोल गरेका फ्युजन फुटबल क्लब उदयपुरका प्रविण श्रेष्ठ म्यान अफ द म्याच घोषित भएका थिए । म्यान अफ द म्याच बनेका श्रेष्ठले २ हजार १ सय रुपैँया नगद प्राप्त गरेका थिए ।