दिपक बोहोरा ।
संघीय सरकारले पाँचथरका स्थानीय तहका लागि आगामी आर्थिक वर्ष २०७९/०८० मा कुल ३ अर्ब २७ करोड १६ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ । अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको बजेट वक्तव्यको विवरणमा फिदिम नगरपालिका र सात गाउँपालिकालाई समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान शीर्षकमा सो बजेट विनियोजन भएको उल्लेख छ ।
जिल्लाको एक मात्र नगरपालिका फिदिम नगरपालिका नगरपालिकालाई ७५ करोड ५१ लाख, कुम्मायक गाउँपालिकालाई २५ करोड ४२ लाख , तुम्बेवा गाउँपालिकालाई २६ करोड ३९ लाख, फालेलुङ गाउँपालिकालाई ३८ करोड ३४ लाख यसैगरी फाल्गुनन्द गाउँपालिकालाई ४४ करोड ५७ लाख, मिक्लाजुङ गाउँपालिकालाई ४७ करोड ७२ लाख, याङवरक गाउँपालिकाले ३७ करोड ४४ लाख र हिलिहाङ गाउँपालिकाले ३२ करोड ७७ लाख रुपौँया अनुदान पाउने छन् ।
जिल्लाले कुल ३ अर्ब २७ करोड अनुदान पाउने भएको छन् । संघ, प्रदेश सरकारले उपलब्ध गराउने अनुदान, आन्तरिक आम्दानी र चालू आर्थिक वर्षमा खर्च हुन बाँकी अनुमानित बजेटलाई आधार मानेर स्थानीय तहहरूले आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रम र बजेट बाँडफाँटको प्रक्रिया थालेका छन् ।