कृष्ण दुलाल ।
तपाई हामी कतिपयलाई त थाहा भएकै हुन सक्छ फेसबुक प्रोफाइल लक कसरी गर्ने भनेर तर कती पयलाइ भने यो फिचर थाहा नहुन सक्छ । त्यसो त यो प्रोफायल लक गर्ने फिचर नेपालमा छैन । यसलाई हामीले ल्यागोइज चेन्ज गरेर मात्र गर्न पाउछौ ।
किन गर्ने फेसबुक अकाउन्ट लक ?
सामाजिक सञ्जाल को बढ्दो प्रयोग भए सगै यसको दुरुपयोग पनि दिनानु दिन बढ्दै गएको छ। मेरो अनुभवमा कसैकसैले अरुको प्रोफायल स्कीनसट गरेर विभिन्न किसिमका बेइजत गर्ने हेतुले प्रोफायलको स्क्रीन सट लिएर पोष्ट गरि दिन्छन् त्यस्ता किसिमबाट जोगिनका लागी प्रोफाइल लक गर्न जरुरी छ यदि हामीले प्रोफाइल लक गरेको खण्डमा तपाईको प्रोफाईलको स्क्रिन सट लिन मिल्दैन अर्को कुरा के रहेको छ भने तपाइले प्रोफाइल लक गर्नु भएको छ भने तपाइको एकाउन्ट पब्लीक भएको हुदैन लक गर्दा तपाईको पोष्टहरु तपाईको साथिहरुले मात्र देख्न पाउनेछन् ।
कसरी गर्ने त अकाउन्ट लक ?
सर्वप्रथमत तपाईको मोबाइलमा फेसबुक एप हुन जरुरी छ। फेसबुक एपलाइ तपाइले खोलि सकेपछि अब एकछिन रोक्कीन्नुहोस । मैले अघि पनि भनि सकेको छु यो नेपाली, अग्रेजी ल्याङ्गोइजमा यसको फिचर छैन त्यसैले हामिले फेसबुकको ल्याङ्गोइज चेन्ज गर्न पर्दछ।
ल्याङ्गोइज चेन्ज गर्नको लागी फेसबुकको दायाँ पट्टि रहेको तिन ओटा थोप्लामा क्लिक गर्नुहोस । क्लीक गरि सकेपछि स्क्रोल गरेर ल्याङ्गोइज भन्ने अपसनमा क्लीक गर्नुहोस । क्लीक गरीसकेपछि त्यसलाई स्क्रोल गरेर सबैभन्दा पुछारमा जानुहोला र लास्टबाट गन्दै आउदा ७ औ नम्बरमा रहेको ग्रुम्पी ल्याङ्गोइज जुन चाही स्पेनिस ल्याङ्गोइज हो यसमा क्लिक गरिसकेपछि यो भाषालाई हामिले बुझ्न सक्दैनौ ।
त्यसैले तपाई अब तपाईको प्रोफाइलमा जानुपर्ने हुन्छ । प्रोफाइलमा गइसकेपछि तपाईको प्रोफाइलमा रहेको तिन वटा थोप्लामा क्लिक गर्नुहोला । अब तपाईले सबैभन्दा पुछार मास्तीरको अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ क्लिक गरिसके पछि तपाईलाई सोध्छ तपाई आफ्नो प्रोफायल लक गर्न चाहानु हुन्छ यदि चाहानु हुन्छ भने तपाईको पोस्ट, फोटो, स्टोरी तपाईका फ्रेन्डले मात्र देख्न पाउनेछन् त्यसलाई तपाईले क्लिक गर्नुपर्ने छ ।
अब भने तपाईको फेसबुक अकाउन्ट लक भइसकेको हुन्छ। त्यसपछि तपाईले ल्याङ्गोइज चेन्ज गरि अग्रेजी वा नेपालीमानै चलाएपनि तपाइको प्रोफाइल लक गर्ने फिचर खुल्ला हुन्छ।