पाँचथर । पाँचथरका दिवस शंकर र एसिया जवेगुको जोडीले दुबईमा आयोजना भएको बेसलाईन ब्याडमिन्टन च्याम्पियनसिपमा पुरुष युगलतर्फे कास्य पदक जितेका छन् ।
सेमिफाइनलमा शंकर र जवेगुको जोडी भारतका दिपु भी र जुनहेल्ड पिभीसँग २-१ को सेटमा पराजित भएका थिए । शंकर र जवेगुको जोडी सेमिफाइनलमा १८-२१, २१-१४ र १६-२१ ले पराजित भए ।
त्यसअघि शंकर र जवेगुले पाँच चरणको खेल जितेर सेमिफाइनलमा स्थान बनाएका थिए । कास्यसँगै शंकर र जवेगुको जोडीले १ हजार दिराम प्राप्त गरेका छन् ।
प्रतियोगिताका लागि शंकर र जवेगु जेठ १ गते दुबई गएका थिए । घरेलु प्रतियोगितामा दिवस नेपाल आर्मीको प्रतिनिधीत्व गर्छन् भने एसिया पाँचथरकै प्रतिनिधीत्व गर्छन् । दुबै खेलाडीहरु फिदिम निवासी हुन् ।