पाँचथर । फिदिमका नवनिवार्चित मेयर मित्रप्रसाद काफ्ले फिदिम बजारको खानेपानी आपूर्ति सुधार गर्न र अस्पताललाई सफा बनाउन एक्सनमा उत्रिएका छन् ।
उनले शुक्रबार फिदिम बजारमा बितरण गरिएको पानी प्रयोग गर्नै नमिल्ने गरी धमिलो आउन थालेपछि माथिल्लो गाँउमा रहेको ट्याङ्कीको निरीक्षण गरेर समाधानका लागि छलफल गरेका थिए । फिदिम बजारमा खानेपानी आपूर्तिलाई सहज र सफा खानेपानी उपल्बध गराउन आफु लागी पर्ने बताए ।
मेयर र उपमेरयर सहितकाे टाेली शनिबार बिहान जिल्ला अस्पताल क्षेत्रमा सरसफाई अभियानमा सहभागी थिए । मेयर काफ्ले आफै झाडु अस्पताल क्षेत्रमा सरसफाइ गर्न पुगेका थिए । नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाको समेत उपस्थितिमा भएको सरफाइ अभियानमा अस्पतालको नव निर्मित भवनको मुल ढोका दाहिने बाँयाबाट मात्रै ३ टिफर फोहोर संकलन गरेर व्यवस्थापन गरीएको थियो ।
सरसफाई माअभियानमा सहभागी काफ्लेले फिदिम बजारको फोहोर व्यवस्थापन लाइ अब थप ब्यवस्थित गरीदै लगीने बताए ।