पाँचथर । राष्ट्रिय युवासंघ नेपाल र अनेरास्ववियुले फिदिम बजारमा मुल्यबृद्धिको बिरोध गर्दै राकेजुलुस प्रदर्शन गरेका थिए । इन्धन मुल्यबृद्धि बिरुद्ध आज साँझ प्रदर्शनकारीले चर्को मुल्य बृद्धि फिर्ता गर भन्दै नारा लगाएका थिए ।
सरकारले राजिनामा दिनुपर्ने भन्दै राको बालेर उनीहरुले बिरोध प्रर्दशन गरे ।सरकारले हप्तैपिच्छे इन्धनको मूल्य बढाएको कारण फिदिमको गणतन्त्र चोकमा कोण सभा गरेको बताएका छन् ।