काठमाण्डाैं ।नेकपा माओवादी केन्द्रका उम्मेदवारले जितेको ६ दिनपछि भेटिएको मत गन्दा बराबरी मत भएको छ।
महोत्तरीको बर्दिबास नगरपालिकामा एउटा मतपेटिकाको मतै नगनी वडाध्यक्ष विजयी भएको घोषणा ६ दिनपछि यस्तो नतिजा आएको हो।
बर्दिबास वडा नम्बर-८ को नतिजा सार्वजनिक भएको ६ दिनपछि खोल्दै नखोलिएको एउटा मतपेटिका फेला परेपछि तनाव भएको थियो।