पोखरा। नेकपा (एमाले) ले पोखरा महानगरको मेयरको टिकट दिएका दीपक पौडेलले सुन चोरेको भिडियाे सार्वजनिक भएपछि तरंग फैलिएकाे छ ।
केही वर्षअघि पोखराको एउटा पसलबाट उनले सुनको औंठी निकालेको र थाहा पाएपछि पार्टीले घटना मिलाएको बताइन्छ । अहिले चुनावमा टिकट पाएपछि पौडेलको उक्त भिडियो भाइरल बनाइएको छ । एमालेको केन्द्रीय सचिवालय बैठकले मेयरमा पौडेललाई टिकट दिएसँगै पुरानो भिडियो अहिले निकालिएको हो ।
उनकाे सामाजिक सन्जालमा भिडियाेसहित आलाेचना भइरहेकाे छ । यसबारेमा बुझ्न खाेज्दा पाैडेल सम्पर्कमा आएनन् । न्युज कारखाना