पाँचथर । पाँचथर उद्योग वाणिज्य संघको नवनिर्वाचित पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । अध्यक्ष नवराज घिमिरे र नवनिर्वाचित पदाधिकारीहरूले मंगलवार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
घिमिरेलाई मुख्य निर्वाचन अधिकृत लक्ष्मी ढुङगानाले पद तथा गोपनीयताको शपथ गराए । बाँकी अन्य पदाधिकारी तथा सदस्यहरुलाई नवनिर्वाचित अध्यक्ष नवराज घिमिरेले पद तथा गोपनीयताको ग्रहण गराएका थिए ।
१९ देखि २० चैत्र फिदिममा सम्पन्न १२ औं जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो । अध्यक्ष पदमा सत्तारुढ गठबन्धनका नरेन्द्र अधिकारी पराजित भएका छन् ।१२ औँ अधिवेशनबाट अध्यक्षमा नवराज घिमिरे विजयी भएका छन् । घिमिरे ७९ मतले विजयी भए ।
घिमिरेले मत६५२ प्राप्त गरे। भने अधिकारीले मत ५७३प्राप्त गरेका छन् ।
अधिकारी सत्ता गठबन्धनबाट काग्रेसका उम्मेदवार हुन् ।काग्रेस, नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी र संघिय समाजवादी बिच गठबन्धन थियो । घिमिरे नेकपा (एमाले) का हुन् । एमाले र राप्रपाको गठबन्धन थियो ।
स्थापनादेखि पहिलो पल्ट पाँचथर उद्योग वाणिज्य संघको नेतृत्व कांग्रेसले गुमाएको हो । पदाधिकारीमा सत्ता गठबन्धनका बहुमत उम्मेदवार विजयी भएका छन्।