पाँचथर । आगामी बैशाख ३० गते हुने स्थानिय निर्वाचनका लागि पाँचथर जिल्लामा ९ सय ४ जना म्यादी प्रहरीको दर्खास्त खुलेको हो । सरकारले निर्वाचनकालागी म्यादी दर्खास्त खुलाएसँगै पाँचथरमा २ हजार ५ सय ६३ जनाले आबेदन दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय पाँचथरमा १७ बर्ष देखि ५४ बर्ष सम्मकाको आबेदन थियो । म्यादी प्रहरी छनौटको लागि लिखित परिक्षण, शारिरिक तथा स्वस्थ्य परिक्षण बाट छानिएकाहरुलाई दुई चरणमा आज र भोलि मौखिक परिक्षण हुन लागेको हो ।
म्यादी मौखिक परिक्षाको लागि आज १५ सयको परीक्षा हुने र भोलि थप बाकी को परीक्षा हुने जिल्ला प्रहरी कार्यलय पाँचथरका प्रमुख राकेश थापाले जानकारी दिए ।
२ हजार ५ सय ६३ मा पुरुष २ हजार ७८ र महिला ४८५ ले आबेदन दिएका हुन् ।