पाँचथर । पाँचथर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चुन्न मतदान सुरु भएको छ । केहि दिन देखि सदरमुकाम फिदिममा वाणिज्य संघको चुनावी सगर्मी बढेको हो ।
पाँचथर उद्योग वाणिज्य संघको चुनावी मैदानमा अलग-अलग दुई वटा समूह घोषणा गरी चुनावमा उत्रिए पछि खास ब्यवसायीहरुलाई भन्दा पनि नेता र कार्यकक्ताहरुलाई चुनाव लागेको देखिन्छ । आफु निकट प्यानको लागी भोट माग्न नेताहरु सकृयरुपमा सहभागी छन् ।
बर्तमान सरकार गठबनधको तर्फबाट नरेन्द्र अधिकारीको प्यानल घोषणा गरीएको छ । जसमा, नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र, जनता समाजबादी पार्टी र एकिकृत नेकपा समाजबादी निकट ब्यवसायिहरुको प्यानल निर्माण भएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एकालेको तर्फबाट निबर्तमान महासचिब नबराज घिमिरेको नेतृत्वमा अर्को प्यानल घोषणा भएको छ । जसमा , नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी निकट ब्यवसयिहरुको प्यानल निर्माण भएको छ ।
उद्योग वाणिज्य संघ चुनाब लाई सरकारी गठबन्ध दल र प्रमुख प्रतिपक्षी दलको प्रतिष्ठाको विषय बन्ने भए पछि नेता र कार्यकक्ताहरु आफु निकट प्यानलाई भोट माग्न थालेका हुन् । समाजिक सञ्जालमा आफु निकट ब्यवसायिक प्यानललाई भोट माग्न थालेका हुन् ।
नयाँ नेतृत्व चुन्न निर्वाचनमा एक हजार पाँच सय ३० जना व्यवसायीले मतदान गरी नयाँ नेर्तत्व चयन गर्ने छन् ।