पाँचथर । पाँचथरमा राष्ट्रिय भुमी आयोगका नव नियुक्त सदस्यको पद तथा गोपनियताको सपथ ग्रहण भएको छ ।
नेपाल सरकारले नियुक्त गरेका भुमी आयोग बिज्ञ बिपेन्द्र गौतम, जिल्ला सदस्य कमल राज नेम्वाङ र महिला सदस्य इन्दिरा घिमिरेको सपथ राष्ट्रिय भुमी आयोग जिल्ला अध्यक्ष श्री दिनेश कुमार लावतिले गराए ।
पद तथा गोपनियताको सपथ कार्यक्रममा बोल्दै अध्यक्ष लावतिले ‘ जति आयोग गठन भए पनि काम नगरेको अवस्थामा राष्ट्रिय भुमी आयोगले परिणाम मुखी काम गर्ने प्रतिबद्धता गरेका छन् ‘।