सरला रेग्मी,
पाँचथर । खानेपानीको चरम अभाव रहेको पाँचथर तुम्बेवा गाँउपालीकामा तमोरकाे पानी गाँउ ल्याएर समस्या समाधान हुने आशा यहाँका बासिन्दाको थियो । सुख्खा क्षेत्रमा तमोरको पानी ल्याएर जनतालाई सुविधा दिनका २०७३ सालदेखि आङना–मौवा पाँचथर वृहत पम्पीङ खानेपानी आयोजना अघि बढाईएको थियो ।
सोमवार तुम्बेवा गाँउपालीकाको मौवामा रहेको इद्राणी माध्यमीक विद्यालयमा प्रधानमन्त्री शेर बहादुर देउवाले धारा खोलेर आयोजना उद्घाटन गर्दैगर्दा उलेख्य संख्यामा उपस्थित स्थानीय खुसि नहुने कुरा थिएन ।
तरसँगै संसयपनि थियो । तमोरको पानी जनताको घरमा पु¥याउने योजनेले पूर्णता पाएको छैन् । आयोजना पूर्णरुपले सम्पन्न नभईनै उद्घाटन भएपछि बाँकि काम अधुरोपो रहने कि भन्ने आशंका भने उब्जिएको छ ।
परिक्षणको शिलशिला चलिरहदा आयोजना उद्घाटन गरीएको छ । एक हजार ६ सय ४ घरमा धारा पु¥याउने योजना भएपनि हालसम्म ९ सय ४ घरमामात्र जडान भएको छ । उद्घाटन समारोहमै खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले यो कुरा मन्तव्यमा राखेका थिए ।
फिनिसिङका कामहरु अझैँ बाँकि छ । पूर्ण रुपमा आयोजना सम्पन्न नभईकननै उद्घाटन भएको छ । तमोरको लखुवा दोभानबाट १ हजार ३ सय ३६ मीटर लामो मुख्य प्रसारण लाईन सम्पन्न भएको छ । तर पातालो घर भएका गाँउमा अझै घरघरमा धारा पु¥याउन समय लाग्छ । आयोजनाका लागि उपयुक्त विद्युत व्यवस्थापन हुन सकेको छैन् । आयोजना सक्नलाई अझै समय लाग्ने देखिन्छ ।
तुम्बेवामा खानेपानी उद्घाटन गर्न अघि देउवाले मोरङको सुन्दर हरैचामा गाँउपालीका भवन शिलान्यास गरेका थिए । तुम्वेवाको कार्यक्रम सकिए लगत्तै उनी खोटाङ पुगेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने साप्सु खोलामा निर्माण गरिएको प्रिस्ट्रेस बिम मोटरेबल पुल उद्घाटन गरे ।
स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा उद्घाटन र शिलान्यासका क्रम बढिरहेको छ ।
आयोजना पूर्ण सम्पन्न नभई उद्घाटन देउवा पहिलो प्रधानमन्त्री भने हैनन् । पुर्व प्रधानमन्त्री केपि शर्मा ओलिले २०७८ बैशाख १२ गते निर्माण अवस्थामा रहेको धरहरा उद्घाटन गरेका थिए ।
राष्ट्रपती बिद्यादेवि भण्डारीले २०७७ सालमा काठमाडौका घरमा मेलम्चिको पानीको परिक्षणको रुपमा पठाउन थाले लगतै मेलम्चि खानेपानी वितरणको धारा खोलेर उद्घाटन गरेकी थिइन् । यो अझै सम्पन्न भएको छैन ।
त्यसो त २०७३ माघमा कैलालीको हुलाकी राजमार्गको १८ किलोमिटर सडक र ६ वटा पुल निर्माण बाकी रहदै तत्कालिन भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखक तथा भारतिय राजदुत रन्जित रायले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
पूर्व प्रधानमन्त्री झलनाथ खनालले नागढुङ्गाको टनेलको शिलन्यास गरेका थिए तर केपि शर्मा ओलिले आफू प्रधानमन्त्री भएको बेला पुनः त्यस्को शिलन्यास गरेका थिए ।
निर्माण सम्पन्न नभईनै उद्घाटन गरेका धेरै उदहारण छन् । त्यसो त शिलान्यस गरेर शिलालेखमा नाम लेखाएपनि बर्षौ काम नभएका उदाहरण निक्कै धेरै छन् । जनमतलाई प्रभावित यस्ता कामहरु हुने गर्छन् । फलना नेताको पहलमा÷पालमा भएको भनेर क्रेडीट लिने दाउ नेपाली राजनीतिमा रोग जतिकै भएको छ । निर्माण सम्पन्न भएको भई योजना÷आयोजना सञ्चालन भएको धेरै समय पछिमात्र उद्घाटन भएका उदाहरण छन् ।
कुनैपनी आयोजनाको परिक्षण पुरा भएपछि निरीक्षण पश्चात् उद्घाटन गुर्न पर्ने हो तर पछिल्लो समयमा उद्घाटन हतारो देखिन्छ । २०७७ मंसिरमा काग्रेसका नेता रामचन्द्र पौडेललाई तनहुमा पुल उद्घाटन गर्न खोज्दा लफडानै भयो । सञ्चालन भएको दुई बर्ष पछि सेती नदिको पुल उद्घाटन गर्न रामचन्द्र पौडेल पुगेका थिए । प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठ रोक्न चाहान्थे । विवाद र तनावका बिच पौडेलले पुल उद्घाटन गरेका थिए ।
विकास निर्माणका काममा राजनीतिकदहरु एकठाँउ हुनु महत्पूर्ण भएपनि क्रेडीट कसले लिने भन्नेतर्फ ध्यान पुगेको देखिन्छ । राजनीतिक विश्लेषक उज्वल प्रसाई भन्छन्, ‘व्यक्तिगतकामदेखि लिएर सार्वजनिक, सामाजिक काम गर्नका लागि हामीलाई कोहि न कोहि मान्छे ठाँउमा चाईन्छ । समाजको बनौट यसप्रकारको छ । समाजिक, व्याक्तिगत स्वार्थ पुरा गर्नका लागि कडिको रुपमा चुनावलाई प्रयोग गरिन्छ । चुनाव नजिकिए पछि शिलान्यस गर्ने, उद्घाटन गर्ने कामहरु हुन्छन् । चुनावको मुखमा यस्ता अनेक कामहुन्छन् । समाजिक संरचना, समाजिक बनोटको र माहोलको परिणाम हो यो ।’
प्रसाईको बुझाइमा ‘नेता तथा दलहरुले बढिनै आशपासन दिने गर्छन् । आम मान्छे अलि सचेत हुनु पर्छ । आम नागरिकले प्रश्न गर्न थालेपछि, आलोचना गरेपछि यस्ता क्रम घट्दै जान सक्छ ।’