पाँचथर । चैत्र ७ गते प्रधानमन्त्री शेरबहादुर देउवा पाँचथर आउने भएका छन् । तुम्बेवा गाउँपालिकामा संचालित तमोर पंम्पिङ खानेपानी योजनाको उद्घाटन गर्न प्रधानमन्त्री शेर बहादुर देउवा आउने भएका हुन् ।
गाउँपालिकामा संचालित आङ्ना, मौवा बृहत पंम्पिङ खानेपानी योजनाको उद्धघाटन गर्ने कार्यक्रमको लागी देउवा आउने कार्यक्रम तय भएकानेपाली कांग्रेस तुम्बेवाका सभापती बाबुराम खड्काले जानकारी दिए ।
तर, आयोजनको पुरा काम भने सम्पन्न भएको छैन् । योजनाको मुख्य पाइपलाइन र वितरण लाइनको काम सम्पन्न भएको छ । उक्त आयोजनबाट सुख्खा क्षेत्र रहेको तुम्बेवा गाउँपालिकाका नागरिकहरुलाई सहज हुने अपेक्षा गरिएको छ ।