काठमाडौं ।पार्टी विभाजनमा अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालको पक्षमा नखुली बसेका एमाले तेस्रो धारका नेताहरु अन्ततः अध्यक्ष ओलीसँग निर्णायक वार्तामा जुटेका छन् । उनीहरुले ओली पक्षका नेताहरु सुवास नेम्वाङ र विष्णु पौडेल लगायतका नेतामार्फत ओलीलाई भेटेर छलफल शुरु गरेका हुन् ।
वार्ताका लागि ओली निवास बालकोटमा भीम रावल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम आचार्य ,रघु पन्त लगायतका तेस्रो धारका नेताहरु पुगेका हुन् ।




