पाँचथर– सातौँ अमर नेम्बाङ लिम्बु स्मृति साहित्य पुरस्कारबाट कवि देवेन्द्र सक्तेन, साहित्यकार तथा पत्रकार दीपक सापकोटा र लिम्बु साहित्यका विशिष्ट साहित्यकार मलिसा याक्थुङ्बालाई प्रदान गर्ने भएको छ ।
तत्कालीन फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष तथा साहित्यकार नेम्बाङको स्मृतिमा प्रदान गरिने पुरस्कार २०८२ बाट तीन साहित्यकार पुरस्कृत गर्न लागिएको अमर नेम्बाङ स्मृती प्रतिष्ठानका अध्यक्ष मुनिन्द्र नेम्बाङले जानकारी दिए । जनही ५० हजार रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरिने छ । स्मृति दिवसको अवसरमा माघ–२६ गते पाँचथर सदरमुकाम फिदिममा यो पुरस्कार हस्तान्तरण हुने छ ।
पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष भएकै बेलामा हृदयघात भएर नेम्बाङको निधन भएको थियो । पुरस्कार वितरणकै दिन विद्यार्थीलाई छात्रवृत्ति र विपद्मा परेकालाई राहत दिने कार्यक्रम रहेको छ ।




