पाँचथर । पाँचथरको फिदिम नगरपालिका–४ सखरखण्डेमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। मंगलबार साँझ स्थानीयले देखेपछि घटनाबारे जिल्ला प्रहरी कार्यालय पाँचथरमा जानकारी गराएका थिए।
मजदुरी गर्दै हिँड्ने ५५ वर्षीय प्रकाश तामाङ स्थानिय राजकुमार तामाङको घरको आँगनमा सुतिरहेको अवस्थामा मृत फेला परेका हुन्। प्रहरीले मुचुल्का र प्रारम्भिक कानुनी प्रक्रिया पूरा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी अनिशकुमार कर्णले जानकारी दिए।
मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथरमा राखिएकाे प्रहरीले जनाएकाे छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




