कृष्ण दुलाल
नवमिडाँडा । पाँचथर फाल्गुनन्द १ स्थित नवमिडाँडाको तिजोकमा वर्षेर्नी रुपमा गर्दै आएको देवि पुजा शनिबार सम्पन्न भएको छ ।
पुजामा साविक नवमिडाडाका ९ वटै वडाका स्थानियहरुको सहभागिता रहेको थियो । तिजोकमा स्थानियहरुले बोका बाख्रा लिएर वलि चढाएर पुजा गर्ने गर्दछन् ।
समुन्द्रि सतहबाट करिब करिब २१५० मिटरमा रहेको यस ठाँउमा विभिन्न किसिमका पर्यटन स्थलहरु रहेका छन् ।
तिजोकमा पर्यटनको सम्भावना वोकेका मादल बज्ने ढुङ्गा, गुफाभित्र गाईको थुन साथै यहावाट विभिन्न किसिमका दृष्यहरु अवलोकन गर्न सकिन्छ।
अघिल्लो आ.व मा वडा र पालिकाले ६० लाख वजेटमा सिडिमार्ग बनाएको थियो । यस वर्ष स्थानिय युवाहरुले सहयोग जुटाएर लव पोईन्ट, बस्ने कुर्सि लगायत विभिन्न किसिमका आक्रषण देखिने खालका सामाग्रिहरु बनाएर त्यस क्षेत्रलाई थप आकर्षक स्थानिय पर्यटन प्रबद्धन गरेको तिजोक पर्यटन प्रबद्धन समितीका अध्यक्ष राज दिलान्जलिले जानकारि दिए । तिजोकमा विभिन्न व्याक्तिहरुले गरेर २१ लाख जति रकमको सामाग्री संकलन गरेका हुन।