पाँचथर । तमोर करिडोर अन्तरगत नावा खोलामा मंगलबार बिहान धरानबाट पाँचथरको यासोक तर्फ आउदै गरेको ट्रिपर डुबेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
मंगलबार बिहान ४ बजे नावाखोलामा अबिरल बर्षाको कारण आएको बाढीले धरानबाट पाँचथरको यासोकतर्फ आउदै गरेको बा १ क ५११२ नं.को ट्रिपर खोलामा फसिई आधा भाग डुब्दा ट्रिपरमा रहेको २६ ड्रम डिजेल खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । खाेलामा ट्रिपर डुबेे पनि मानबिय क्षति नभएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपि हरि खतिवडाले जानकारी दिए ।


        
        
        
        
        
        
        
        
        
  		 
  		 
  		 
                                       										
   		
         
                  
  		 
  		 
  		 
  		 
  		 

