काठमाण्डाैँ– प्रतिनिधि सभाकाे अर्काे बैठक फाल्गुन १२ गते बस्ने भएकाे छ । अाजकाे बैठकमा अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्बन्धी सम्झौता संसदमा टेबल भएको थियाे । अर्को बैठक फागुन १२ गते बोलाएर एमसिसीमाथि छलफल गराउने तयारी भइरहेको छ।
आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त सम्झौता अनुमोदनका लागि संसदमा टेबल गरेका हुन्। प्रमख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधबीच मन्त्री कार्कीले अर्थमन्त्री जनार्दन शर्माका तर्फबाट उक्त सम्झौता टेबल गरेका हुन्।
एमसिसी अनुमोदनका लागि टेबल गर्नुअघि बोल्दै मन्त्री कार्कीले यो परियोजना नेपालको बिजुली प्रसारण लाइन र विभिन्न सडक खण्डको स्तरोन्नतिका लागि अमेरिकाले दिने सहयोग भएको थियो।
प्रस्तावमाथि छलफल गर्ने विषयमा भने आज कार्य व्यवस्था परामर्श समितिको बैठकमा कुरा भएन।