दिपक बाेहाेरा । तुम्वेवा गाउँपालिका साबिक मौवा,आङना, वलने र हाङगुम गा.वि.स मिलेर बनेको पालिका हो । सुख्खा क्षेत्रमा रहेको यो पालिकाका अधिकाशं ठाउँ सुख्खा क्षेत्र हुन् । तुम्वेवा गाउँपालिकाको केन्द्र मौवा बजार हो । सामाजिक तथा सांस्कृतिक ऐतिहासिक पहिचानको सम्मान गर्दै यस गाउँपालिकाको नाम तुम्वेवा नामाकरण गरिएको हो ।
तुम्वेवा गाउँपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले जितेको थियो । तुम्वेवा गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षमा होमनाथ थापा २ हजार ३ सय ५० मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओबादी केन्द्रका देबेन्द्र खत्रीले १ हजार ९ सय ९३ मत ल्याएका थिए । तुम्वेवा गाउँपालिकामा एमाले र माओबादी मिलेर चुनाव लडेका लड्दा कांग्रेस र राप्रपा पनि मिलेर चुनाब लडेका थिए ।
यस्तै , उपप्रमुख तर्फ नेकपा एमालेका उम्मेदवार धनप्रसाद साँवा १ हजार ९ सय ६४ मत ल्याएर विजयी भएका थिए । उनको प्रतिस्पर्धी उम्मेदवार राप्रपाका घलेन्द्रबहादुर लिम्बूले १ हजार ५ सय ४१ मत प्राप्त गरेका थिए । यस्तै, नयाँ शक्ती पार्टीका सुर्यबहादुर सम्हाम्फेले १ सय १७ मत ल्याएका थिए ।
तुम्वेवा गाउँपालिकामा रहेका ५ वडा मध्ये सर्वाधिक नेकपा एमालले ३ वटा वडामा जीत हासिल गरेको थियो । २ वडामा कांग्रेसका उम्मेद्धारले जितेका थिए ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा तुम्वेवा गाउँपालिका अन्तर्गत रहेका वडाहरूमा निर्वाचन परिणामको अवस्था यस्तो थियो :
वडा नं. १ :
वडा अध्यक्ष निर्वाचित नेकपा एमालेका मोतीराज तामाङ : ३ सय २५ मत
मओबादी केन्द्रका धनबहादुर कार्की : ३ सय ७ मत
नेपाली कांग्रेसका ज्ञानबहादुर भण्डारी : २ सय ८३ मत
संघिय समाजबादी फोरम नेपालका माङसा सम्हम्फे : ११ मत
वडा नं. २ :
वडा अध्यक्ष निर्वाचित नेकपा एमालेका पूणर्कुमार पिठाकोटे : ४ सय ८ मत
मओबादी केन्द्रका ख्यामबहादुर निरौला : २ सय ६८ मत
नेपाली कांग्रेसका भक्तबहादुर लावती : २ सय ५० मत
वडा नंं. ३ :
वडा अध्यक्ष निर्वाचित नेकपा एमालेका कमल थापा : ४ सय १५ मत
नेपाली कांग्रेसका बाबुराम खड्का : ३ सय ६६ मत
संघिय समाजबादी फोरम नेपालका द्रोणकुमार सम्हाम्फे : ४४ मत
वडा नं. ४ :
वडा अध्यक्ष निर्वाचित नेपाली कांग्रेसका डिलेन्द्र कुमार शेर्मा : ४ सय ९३ मत
नेकपा एमालेका कृष्णप्रसाद राई : ४ सय २७ मत
संघिय समाजबादी फोरम नेपालका रतनबहादुर शेर्मा : ५९ मत
वडा नं. ५ :
वडा अध्यक्ष निर्वाचित नेपाली कांग्रेसका कुलदेव कुरुम्बाङ : ६ सय ६७ मत
नेकपा एमालेका पूणर्कुमार राई : ६ सय ६० मत
संघिय समाजबादी फोरम नेपालका यादबप्रसाद कुरुम्बाङ : २३ मत