सरला रेग्मी,
पाँचथर । ‘साहित्यमा युवाको उपस्थिती कस्तो छ’ स्नाकोतर थेसिसको बिषय छानेको थिए । पछिल्लो केही हप्ता साहित्यिक व्याक्तित्वहरु सँग भेट निकै बाक्लिदै थियो । साहित्यमा उपन्यास प्रती मेरो झुकाब थियो । प्रेमिल कबिता, उपन्यास, कथामा निकै रुचि राख्ने भएरै थेसिसको बिषय यस्तै छाने ।
नेपाली शिक्षक तथा मेरो थेसिसका गाइड कृष्ण चापागाईं सरले मलाइ धनकुटा जान अनुरोध गर्नु भयो । ‘तीन दिने कबिता गोष्ठीमा धेरै युवाहरुको भेट हुने छ । तिमिलाइ थेसिसमा सहयोग मिल्ने छ’ सरको सुझाव थियो ।
माघ २७ गते हामी धनकुटा हिड्यौ । धरानको भानुचोकबाट साहित्यका विशिष्ठ व्यक्तिहरुसँग एउटै गाडीमा धनकुटाको यात्रा भयो । इटहरी आएको माईक्रोमा भित्र भिन्नै माहोल थियो लाग्यो । यहाँ कुनै गोष्ठि हुदैँ छ । सबैले व्याग्यात्मक देखि माया, पहाडका थुम्का देखि तराइका चारकोसे झाडी अनि भेडेटारको सौेन्दर्यको बर्णनमा कबिता रचना सुनाउँदै थिए । कोहि श्रृगारिक कविता पनि भन्दै थिए । म अविवाहित श्रृगार रसमा कता कता लाजले भुतुकै हुँदै थिए । माइक्रोमा कबिता र हासो मात्र थिएन श्रृगारिक रसका कबिता आउदा त्यहाँ अरुले नदेख्ने गरी कता कता मेरो लज्जा पनि मिश्रित थियो । ब्यगात्मक सृजना सुन्दा माइक्रोको झ्यालबाट लाज भाग्दै पनि थियो ।
मुलघाटको तमोरपुलमा फोटो खिच्ने र चिया पिउने सल्लाहा भयो । कृष्ण सरले अब मेरो परिचय दिनुभयो ‘इटहरी कलेजकी सालिन छात्रा नेपाली बिषय साहित्यमा उनको रुचि छ । साहित्यमा युवाको उपस्थिती बिषयमा थेसिस गर्दै छिन् ।’ सरको कुराले भित्रभित्रै मख्ख थिए ।
सर र एउटा अनुहार बाहेक सबै अपरीचित अनुहार थियो । त्यो परीचित बोलेको अनुहार होइन चिनेको अनुहार थियो । चिया पछि यात्रा शुरुभयो । पछिल्लो सिटमा बसेका ती चिनेका अनुहार भएका व्यक्ती मेरो अगाडिको सिट मा बस्न पुगे । कबिता, गजल फेरि शुरुभयो । अनि उसको र मेरो पनि वार्तलाप सुरु हुन थाल्यो ।
सानो स्वरले सोध्यो ‘मलाइ चिन्नु हुन्छ नि ?’
भने ‘चिनेको छैन बस देखेको मात्र छु ।’
हाम्रो भेट याद छ ? उसले सोध्यो ।
याद छ आफ्नु बिल्ला भएको नि कसैले बिर्सेला र ?
बिल्ला ??
उम हजुरको गजलका पंक्तिले साथिहरुले धेरै दिन उढाए मलाई । म रिसाए जस्तो गरे, खै घुर्याए झै पो गरे ।
विस्तारै मुस्कुरायो, उसका आँखा थोरै हासे जस्तो लाग्यो । हेराइ त्यही पहिलो भेटको थियो । पहिलो भेट कहाँ भयो याद छ मलाइ, त्यहाँ प्रेमिल गजल बाचन समारोह चल्दै थियो । उनको गजल चल्दै थियो म अलि ढिला उपस्थिती भएको थिए ।
उनी भन्दै थिए
‘कसैले सोध्यो जिबन कसरी परिवर्तन भयो
कारण बताउन नपाउदै तिम्रो आगमन भयो’
यो शेर भन्दै गर्दा म ढोका भित्र पसे, सबै मलाई हेर्दै जोडले हासे । कवि मनोज दुलालले पुलुक्क मलाई हेरे । केही बेर रोकिए र फेरि गजलका बाचनलाई अगाडी बढाए ।
म कवि साहित्यकार हैन तर रुचि थियो । कार्यक्रम स्थल रुचि राख्नेको खचाखच थियो । मञ्चको नजिकै बस्ने अवस्था आयो, त्यो पनि कुर्सी थपेर ।
मनोज दुलाल जो मेरो सामुन्ने थिए, रचना सुनाउदै । हेराइ कस्तो कस्तो थियो । उनका गजलका पंक्तिले र हलको हासोले केही लज्जाबोध भएको थियो । अक्सर यी आँखा त्यही गएर अडिन्छ, जहाँ थोरै असहज भएका हुन्छन् ।
किन किन मनोज दुलालका आँखा खुब मलाई हेर्दै थिए । तर मख्ख पर्ने अवस्था थिएन, अक्सर मान्छेले त्यसैलाइ हेर्छ, जो सामुन्नेमा हुन्छ । सायद यहि भएको थियो । कार्यक्रम पछाडी उही कृष्ण सरसँग मनोज दुलाल गफ गर्दै गर्दा मुस्कान साटासाट भएको थियो ।
त्यसपछिको यो दोस्रो भेट हो मनोजसँग । म स्नातक दोश्रो बर्ष अध्यनरत थिए त्यो पहिलो भेट भएको समयमा । आज दोश्रो भेटमा स्नातकोत्तरको थेसिस लेख्ने तयारीमा छु । काचोँ थिए होला लाग्छ, अहिले उमेरले पनि परिपक्वता बनाएको हुनुपर्छ । अहिले या भनौ आज ।
मलाई पनि उनीसँग गफ गर्नु थियो किनकी उनको उमेरका त्यहाँ अरु थिएनन् । उनी युवाको पंक्तिमा राख्न मिल्ने थिए । त्रिभुवन विश्वविद्यालयमा साहित्य बिषय पठाउथे । उनले लेखेका पुस्तक रिफ्रेन्सका लागि मैले पढेको थिए ।
ए साच्ची लेखक र पाठक बिचको परिचय पनि थियो हाम्रो ः मैले उनलाइ जिस्काउने पारामा भने ।
उनले मेरो थेसिसको विषयलाई प्रसंसा गरे । बिषय अत्यन्तै गहन छान्नु भयो, सहयोग गर्न परे भन्नू है– उनको आग्रह थियो ।
संवाद निरन्तर भैरहेको थियो । हामी केही सहज पनि हुँदै थियो । हामी गफमा यति व्यस्त हुदैँ गयौँ पछाडी कुन रस चलदै छ, खासै ध्यान गएको थिएन । गाडी रोकिदा मात्र थाहा भयो हामी बस्ने होटल पुगिसकेका थियौ ।
बाटो कति छोटो लाग्यो हैन मनोजले भने । मनकै कुरा गरे जस्तो लाग्यो । म केही लजाएझै गरे, मनमै भने अनि त है बाटो कति छोटो ?
निशान होटल एण्ड लजमा खाने, बस्ने प्रबन्ध गरिएको रहेछ । कवि नम्रता सिग्देल दिदी र म एउटा कोठामा बस्यौँ । साझ पर्न लागेको थियो फ्रेस भएर होटलमा झर्दा मनोज ग्रीन टि पिउदै थिए । चिनेको मान्छे हुदा सहज हुने है जस्तै भयो । ‘आउनु ग्रीन टि पिउन’ उनले निम्तो गरे ।
‘मलाइ टर्रो ग्रिन टि मनपर्दैन म कडक चिया खाने’ मैले भने ।
होटलको झिल्के भाइ कडक चिया लिएर आयो । चियाको चुस्की तान्दै मैले भने ‘चिया त साधारण होटलकै मिठो हुने, चिया पिउन मज्जा आएन’
’जहाँ जस्तो पाउछ त्यही रमाउनु पर्छ मिस’ उस्ले यानिकी मिस्टर दुलालले भने ।
ओ झिल्के भाइ बाइफाइ को पासवर्ड पाउन ।
मेरो अगाडि एउटा कार्ड लिएर राख्यो यहि छ….
हैन फेसबुक नि चलाउनु हुन्छ मिस ?मिस्टर दुलालले सोधे
लौ अहिलेको जमानामा फेसबुक नचलाउने को होला र ? मैले भने
‘खै’ उस्को जवाफ आयो
‘अचम्म छ’ मैले फेरि फर्काए
मैले फेरि सोधे ः ‘आर यु इन फेसबुक?’
उस्ले पुलुक्क हेरेर भन्यो ‘मनोज स्पर्श’
मैले हासु झै लाग्यो लाग्यो ‘स्पर्श चै किन सर ?’
‘को सर ?’
‘एह .. एह सरी प्रायः कविले निक नेम राख्छन सायद त्यही होला’ मैले भने ।
‘हो ह’ै उसले बस यती मात्र भन्यो ।
……
बिहान मन्दिरको घन्टिको आवाजले निद्रा खुल्यो । रिसेप्सनमा फोन गरे नजिकै कतै मन्दिर छ ?
छ म्याम निशानदेबि मन्दिर उस्ले प्रतिउत्तर दियो
नजिक हो ?मैले सोधे ।
एकदम नजिक बाहिर निस्कदा देखिन्छ ।
‘ओके आइ विल बि देयर’
म फ्रेस भएर झर्दा कवि मनोज उसैगरी ग्रीन टि पिउदै थिए ।
‘गुडमोर्निङ कवि ज्यु’
शुभप्रभात मिस
जौ मन्दिर? मैले सोधे ।
जाने भए जौ , मनोज को उत्तर आयो
हामी तीन अर्थात् मनोज, म अनि कृष्ण सरसँगै गयौँ ।
निशान मन्दिर दर्शन पछि बिचबजारका मन्दिरपनि जाने प्रस्ताब कृष्ण सरको आयो । हामी कृष्ण सरको पछिपछी लाग्यौँ । कृष्ण सरले कृष्ण मन्दिर दर्शन गरेपछी भन्नू भयो ‘मनोज सर कडक चिया खाने भनेको होइन जौ सल्लेरी छेउ’
लजाए झै गरी म तिर मनोजले हेरे ।
मैले नजाने झै सोधे कडक चिया कस्तो हुन्छ सर ?
कृष्ण सरले जवाफ दिनुभयो ‘मनोज जि लाई साधारण होटलकोे चिया कहाँ पाउछ भनेर सोध्दै हुनुहुन्थ्यो, त्यही भएर । तिमिपनि खाने भए हिड ।’
‘हस्’ मुन्टो हल्लाए ।
मनोज अनुहार हेर्न लायक थियो यो बेला । हामी सल्लेरी छेउ को छाप्रोमा पस्यौँ । चिया खायौँ । ‘चिया कडक लाग्यो मनोज’ कृष्ण सरले सोध्नुभयो ।
पुल्लुक म तिर हेरे उहीँ मनोज स्पर्शले ।
‘कडक चिया भनेको यस्तै हो मनोज सर’ मैले बिल्ला गर्ने टाइपले सोधे ।
कृष्ण सर तिर हेरे हो भन्ने इसारा गरे म तिर हेरेर रिसाए जस्तो गरे । कस्तो रमाइलो लाग्यो । उनको हेराइ गजब लाग्न थाल्यो । म उसँग नजिक हुन खोज्दै थिए सायद ।
चिया खाएर हिडौं । अलि माथी गोकुन्डेश्वर बिद्यालय छेउ पुगेर कृष्ण सरले भन्नू भयो ‘म आयोजकहरुसँग । केही बेर यहि रहन्छु । मनोज जाँदै गर्नुस म आउछु, मन्जरीलाइ पनि लिएर जानुस ।’
कृष्ण सर त्यही रहने कुराले मनमनै रमाइलो लाग्यो ।
‘बाटो त भुल्नु हुन्न नि मनोज जि’
उनले हतार हतार जवाफ फर्काए ‘भुल्दैनौ भुल्दैनौ कृष्ण सर ।’ मनोजले जवाफ फर्काउदा उनको आवाजमा लाग्थ्यो उनी पनि मै जस्तो चाहान्थे कि?
हामी त्यहाँबाट हिड्यौँ । ‘थेन्क्यु मन्जरी मिस फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गर्नु भएकोमा ।’
‘सरी, खासमा म रिक्वेस्ट नै हेर्दिन रहेछु’ मैले माफी मागे ।
खासमा उनले ४ बर्ष अगाडि फ्रेन्ड रिक्वेस्ट पठाएका रहेछन् ।
‘ठिक छ त मिस, मलाइ त जिन्दगी भरी एक्सेप्ट नहोला भन्ने लाग्दै थियो । ४ लाख २० हजार ४ सय ८० घन्टा त भएको थियो रिक्वेट पठाएको’ मनोज दामि तरीका मिलाएर बोले ।
मेरो लागि चार बर्ष भएको बल्ल थाहापाएको थिए । े उनको लागि त समय पल पल ख्याल भएछ ओ हो जस्तो लाग्यो ।
म केही बेर मौन बसे,
‘मनले मनसँग गर्ने कुनै कुनै प्रश्न साफ हुन्छ
मौनता नै त्यसको लागि उपयुक्त जवाफ हुन्छ’
मिस्टर मनोजको गजल फुर्यो त्यो मौनतामा । हो पनि, कुनै जवाफ थिएन मौनता बाहेक मसँग । बरु उल्टै प्रश्न थियो मनमा । ‘किन ढिला रेस्पोन्स गरे नि, अलि अगाडि भएको भए यो दोस्ती अझै गहिरो हुन्थियो कि ?
म उनलाइ हेर्दै थिए, अगाडिको ढुङ्गामा ठेस लाग्न पुगे । म लर्खराए । उनले हात समाएर मलाई सहज बनाए । फेरी मनोजलाई गजल फुर्यो ः
मेरो हात समाउदै फेरि मिस्टर दुलाललाइ गजल फुर्यो
तिमीलाई हेर्दै हिड्दै थिए अचानक ठेस लाग्यो
एकछिन उभिएर हेर्न पाए ठेस लागेको बेस लाग्यो
कि भएन मिस उनैले पो हतार प्रश्न गर्न । मनमनै लाग्यो ‘नसक्ने रहेछु, यि कवि लेखकसँग ।’
उफ्फ कति गजल जानेको ? मलाई नि सिकाउनुस न मिस्टर मनोज ः– मैले भने ।
‘प्रेम गर्नुस, घन्टौ कसैको लागि प्रतीक्षा गर्नुस गजल होइन उपन्यास नै लेख्न सकिन्छ नि मिस’ मनोजले क्या दिए ।
प्रेम गर्नु भएको छ मिस्टर दुलाल ?
‘प्रेम गरीरहेको छु, प्रेममै छु मिस म’ मनोजले काव्यिक स्टाइलमै जवाफ दिए । ‘कविता समारोह चै कति बजे रहेछ सर ?
कस्तो प्रेममा छु सोध्नु हुन्न मिस ? एकछिन आँखा जुधाएर सोधे मनोजले ।
कस्तो सर ?
फेरि …. को सर, कस्तो सर ?
‘हजुर सर, मनोज सर, गजलकार सर’ मैले भुईमै शब्द खस्न दिईन ।
‘म एकतर्फी प्रेममा छु’ उनले अलि गम्भिर भएरै भने ।
‘अ है, अ है केटिले नो भनिन कि क्या हो ?’
‘यस नो भन्दा पनि एकतर्फी प्रेममा सधै हुने छु ।’
उसलाई सुनाउनु भएको छैन । सोध्नु भएको छैन ? ऋषि धमला शैली सापट लिएर प्रश्न गरिदिए ।
म प्रेम गर्छु उसलाई किन सोध्नु र ?
‘एकतर्फी मनौँ त ?’ मैले सोधे ।
‘हेर्नू मिस पहिलो कुरा त प्रेम गर्न सोध्नु पर्दैन, म जसरी उनलाइ प्रेम गर्दै छु त्यसमै म खुसी छु ।’
मनोजलाइ हेरीहेरे । मौन बस्न नै मनलाग्यो ।
‘एह मिस ११ बजे देखि सुरुहुन्छ है कबिता गोष्ठि’ बल्ल मनोजले जवाफ दिए ।
………..
थुप्रै कबिता सुने, तर म किनमात्र मिस्टर दुलाललाइ सुन्न चाहन्थे ।
‘तिम्रो तस्बिर मसँग बोल्दा बोल्दै जब दुर हुन्छ
एकैछिन भए पनि यो मन पागल जरुर हुन्छ
कमिलाको जस्तै भयो यो बेरोजगार जिन्दगी पनि
भकुण्डो माथि दौडेर किनार भेट्न् आतुर हुन्छ
महत्व भएर पनि शालिन छ त्यो घण्टा काँटा
हेर्नुस् सेकेन्ड काँटाको मात्रै फुर फुर हुन्छ
तिमी महँगो जुत्ता भयौ म सस्तो चप्पल भए
हेरौंला खुट्टा गन्हाएको बेला कसको कसुर हुन्छ’ ।(पवन दुंगेल)
मञ्चबाट गजल भन्दै थिए, धेरै जसो मलाई हेर्थे । गजल पछि उनले कविता सुनाए ।
दुई
‘पहिले उसको लागि म तँ थिए
मेरो लागि उ पनि तँ थिइ
उसले मलाई तँ भन्थी
म पनि उसलाई तँ भन्थे
….
तँ तँ भन्दा भन्दै
दुईवटा तँ भएछ
दुईवटा तँ जोडीएपछी
दुई शब्द को हामी भयो
….
खेल्दा पनिसँगै खेल्ने
कहिले लुकि चोर खेल्ने
कहिले राजा रानी खेल्ने
हामीले खेल्ने ‘खेल’ पनि दुई शब्द कै थियो
हामी मिलेर त्यो समयमा खुब खेल्थ्यौ
अहिले समयले हामी संग खुब खेल्दैछ
….
मनमा छाप बसेको माया
आँखाले बोलेको प्रेम
अनि ओठले राख्न नसकेको प्रस्ताव
सम्झिएर दुई आँखा ले झारेको दुई थोपा आँसु लाई
उनलाई आफ्नो सम्झिएर पनि छुन नसकेको यी दुई हातले पुछ्न सकेन
उनले राख्न नसकेको प्रस्ताव
मैले मनभित्रै गुम्स्याएको उत्तर
थाहा छ उनको प्रस्ताव आए
जवाफ म संग दुई शव्द कै हुन्छ ‘।(पवन दुंगेल )
उनको कबिता मा ‘म’ नै भएको अनुभूति भयो । यो मन पनि बढो बैइमान गर्छ । उनका शब्दमा मै छु जस्तो लाग्यो । हरेक कबिको उपन्यासकारका शब्दले पाठकलाई पात्र मै हु त्यस्तो अनुभती हुन्छ रे त्यही भएको होला । तर उनका आँखा किन यति भावुक थिए थाहाछैन । कि मैले अनुभुक्तिमात्र गरे ? हुन त उनको आँखालाई यसरी आजै त हो हरेको ।
हरेक कबिता पछि उनी सुसाए जस्तो, थाके जस्तो लाग्दै थियो । उनको सामिप्यतामा म किन खुसि हुदै थिए ।
यस्तै मनमा सोच्दै थिए ।
समारोह सकिदै थियो । उनको आँखाको भाब किन यति मलिन हुँदै थियो ? थाहा छैन ।
……………………..
फेसबुक मा मेसेज आयो ।
हेल्लो मिस सल्लेरी घुम्नु जाने ?
पठाउने उहीँ मनोज थियो ।
उनले पठाएको घिन्टिङ मेसेजले अगाडिका अनसेन्ट लेखेको देखेँ ।
कयौँ मेसेज मैले नहेरी अन्सेन्ट भएका थिए । सायद रिप्लाइ न आएर होला ।
‘हुन्छ जाउ न त, अबको ३० मिनेट पछि हुन्छ ?’ उस्को मेसेज आयो ‘हवस’ ।
हिजो मैले खिचिदिएको फोटो प्रोफाइल पिक्चर हालेको रहेछ । क्याप्सन पनि कडक थियो ।
मुटु भित्र कोहि अन्जान हाबी हुदैछ
यो ज्यान पनि उसैको रे, दाबी हुदैछ ।
अब घुम्न जाने तयारी गर्नुको साट्टो उसको फेसबुकको प्रोफाईल हेर्न थाले ।
उ साहित्यकार हो, लेखक तथा प्राध्यापक हो थाहा थियो । तर विवाहित हो या अविवाहित थाहा थिएन । केहि कविता, केहि लेखका लिङ्क, केहि थान तस्विर पछि लेखिएको थियो ‘ह्याप्पी म्यारिज लाइफ मेरि छोरीकि आमा ।’
प्रोफाइल हेर्दै थिए मनोजकै म्यासेज आयो ‘आइ एम अट रिसेप्सन ।’
केहि समयमा रिसिप्सनमा झरे । उ उसै गरी ग्रिन टि पिउदै थियो । मेरोलागि कडक चिया टेवलमा रहेछ । ‘चिसो भयो होला कि ? उसले सोध्यो ।
मलाई यस्तै चिया मन पर्छ ।
जवाफ सुनेर फिसिक्क हास्यो ।
हामी लामो गफ गर्यौ, धनकुटाका सल्लेरी घुम्दै गर्दा । थेसिसको, सल्लेरी, घनकुटाका सागुरा गल्ली, कडक चिया, ग्रीन टि , उसकी छोरी, साहित्य प्रतिको लगाब यस्तै थियो ।
तर मलाई सोध्नु थियो अन्सेन्ट मेसेज बारेमा । मैले घुम्न जाने प्रस्ताव फ्याट्टै स्विकार्नुको कारण पनि यहि त थियो ।
‘ओ मिस्टर दुलाल मलाई पठाएका सबै मेसेज किन डिलिट ?’
उ मलाइ हेरर मुस्कुरायो मात्र ।
‘भन्नु छिटो’ मैले भने ।
उ फेरि हास्यो । कस्तो ननिको ।
‘श्रीमतिले देख्नुहोला भनेर हो ?’
उ केही मधुरो भयो । ‘हैन, ती मेसेज मैले उनी आउनु पुर्व नै लेख्या थिए ।’
उनि केहि भन्न खोज्दै थिए,
साहित्य समारोमा ईटहरीबाटसँगै आउनु भएका एकजना रोहिणी सरसँग भेट भयो ।
हैन हाम्रा साहित्यप्रेमी कता लाग्नु भयो । रोहणी सरले भन्नू भयो ।
‘कतै होइन सर यसै, साहित्यमा उदयमान हाम्री मन्जरीलाइ धनकुटा घुमाउदै’ मनोजले जवाफ दिए, म ढुक्क ।
एसले भनेको हाम्री मजरी शब्द खै किन हो, असाध्यै मीठो लाग्यो ।
यो दुइदिनमा निकै नजिक भएका थियौँ । मनोज र म थेसीसका धेरै बिषयमा प्रबेश गर्दै थियौ । थेसिसमा सहयोग हुने बिषयहरुसँग पनि जोडिदै थिए म ।
आज कबिता समारोहको अन्तिम दिन थियो । कार्यक्रम सकिएपछि टुडिखेल घुम्न जाने सल्लाह भएको थियो, मिस्टर दुलाल र मेरो ।
मनोजको म्यासेज आयो ‘आर यु रेडि’
मैले भने ‘यस’ ।
‘विस मिनेट दिनुस है म एउटा काम सकिहाल्छु’ मनोजले लेख्यो ।
हस् लैजानुस तपाईको विस मिनेट भनेर स्माइलको इमो पठाइदिए ।
नोटिफिकेसनको रिङ बज्यो, उनले पोस्ट गरेको फोटोमा उनकी श्रीमतिको कमेन्ट आएको रहेछ । खै किन खोलेर हेर्न मनलाग्यो ।
लेखेको थियो ‘मेरो गजलकारलाई टाढाबाट मीठो माया’ लभ इमो थियो ।
ध्यान त्यही कमेन्टमा गयो, खोलेर प्रोफाइल हेर्न मनलाग्यो । बायोडाटा हेरे ‘इन अ रिलेसन सीप विद मनोज स्पर्श ।’
थाहा थियो मनोज नै उस्को श्रीमान हो । तर मलाई कस्तो कस्तो भयो । छोरी बोकेको फोटोले के गरु कसो गरु भयो, चिट चिट पसिना आयो । अलि तल लेखिएको थियो ‘हेप्पी थ्रड म्यारीज एनिभर्सरी माइ लभ विथ मनोज स्पर्श…..’ यहि स्टाटस हिजो मात्र मनोजमा देख्दा केही भएको थिएन, अहिले भर्खर देख्दा केही खस्यो म माथी,पहाड जस्तै ठूलो थियो, अधेरो भयो वरीपरी, के हुँदै छ, थाहा छैन ।
घिन्टिङ घिन्टिङ मेसेज बजिरह्यो, हेर्न मनै लागेन । फोनको रिङ बज्यो उठाउन मन लागेन । एकाएक म स्तब्ध भए । आरतीले कलेजमा सुनाएकोसुनाएको उसको कहानी जस्तै भईरहेको छ । के यो प्रेम हो त ? के म प्रेम गर्न थाले र ? होइन उ बिबाहित हो मैले प्रेम गर्नु हुन्न, मन पटक्कै मानेन ।
हिजो सम्म यस्तो केही थिएन, आज अचानक किन यस्तो भयो, किन मनोज स्पर्शले स्पर्श गर्यो मलाई । कहाँ जाउ, के गरौ कस्लाइ भनौँ ?
भोलि त हामी बिहानै निस्किनु छ । अब हाम्रो भेट होला ? भएन भने के हुन्छ । अचानक उसका कबिता, गजल मा ‘म’ भएको अनुभूति हुन थाल्योे । कबिता पछि निराश उसको अनुहार आँखा अघि आयो । किन कडक चिया बारे चासो लियो ? उ त ग्रीन टि खाने मान्छे हो । के उसलाई पनि मलाइ जस्तै भएको हो छ ? होइन मलाइ उसँग कसरी प्रेम हुन्छ ? उ त बिबाहित ।
फेरि अर्को मनले भन्यो । के प्रेमले बिबाहित अविवाहित भन्छ र ? हो ममात्र हिजो देखि प्रेममा छु ।
मनोज स्पर्शले ४ बर्ष अगाडि के मेसेज पठाएको थियो ? किन अन्सेन्ट गर्यो ? के उ पनि मलाई प्रेम गर्छ ? किन उस्का गजलका कबिताका हरफमा म छु जस्तो लाग्छ । म छैन भने किन मलाई यसरी हेर्छ । यस्ता थुप्रै प्रश्न थिए । तर कसलाई सोध्नु ? मनोज लाई जस्लाइ सोध्ने अधिकार छ र मेरो ? उ अरु कसैको श्रीमान र पिता हो । प्रश्न सोध्ने अधिकार छ र ?
घिन्टिङ घिन्टिङ मेसेज बजि नै रह्यो । हेरे उहीँ मनोजको थियो । मेसेज हेरिसक्दा फोन आयो । फोन उठाए, उठाउन साथ उसले भन्यो ‘आर यु अलराइट’ ?
‘यस आइ एम फाइन’
‘चिया सेलायो आउनुस तल’ निम्तो दियो ।
‘हस् झरे है’
रिसेप्सनमा उसका आखाले भन्दै थिए ‘ह्वाइ उ टु लेट, आइ एम स्क्रेर’
मन्जरी एनि प्रोब्लम ? उस्ले सोध्यो
‘छैन’
चिया सामुन्ने थियो, एक सुरुप्प पारे । ‘मनोज सर चार बर्ष अगाडि के मेसेज लेखेर अन्सेन्ट गर्नु भएको ?’
‘चार बर्ष अघिको कुरा अब किन गर्नु, सकियो त्यो समय, हामीत आजमा बाच्नु पर्छ मन्जरी’ ।
‘मलाइ थाहापाउन मन छ आखिर के थियो ?’ म जान्न चाहान्थे ।
उसले गजल लेखेको कागज पो दियो । .
‘नसोध तिमिलाई निकालेर मुटु खाली राख्दा के हुन्छ
आफैं बुझ घडीमा ब्याट्री नहाली राख्दा के हुन्छ’
‘म साहित्य बुझ्दिन प्रष्ट भन्नुस’
हाहा साहित्यको बिद्यार्थीको यस्तो तर्क, म मान्दिन ? उस्ले भन्यो
भन्नू न पिल्ज ।
‘जाउ सल्लेरी’ मनोजले प्रस्ताव गर्यो ।
‘नजाने म’
‘घुर्की पनि कत्रो ? जौ न अनि भनुला यहाँ माहोल ठिक छैन’ ।
म सुन्न चाहान्थे । उठे, अघि लागे, उ पछि पछि….
‘बिबाह कहिले गर्नुभएको ? ’मैले नै प्रसंङ्ग निकाले ।
‘फेसबुकमा तपाईको रेस्पोन्स नआएको एक महिना पछि’ उस्ले भन्यो ।
मैले उसलाई हेरेमात्र ।
‘पत्याउ या नपत्याउ, त्यो तिम्रो कुरा हो तर तिमिलाइ मैले सोधेको थिए के तिमी मसँग जीवन बिताउँछौ ?’ तपाईं बाट तिमिमा पुग्न उस्लाइ समय लागेन ।
उ बोली रह्यो म सुनिरहे….
जुन दिन तिमिलाइ देखे, तिमिलाइै नदेखी लेखेको गजल, तिमीलाई सम्झेर लेखेझै भएको थियो । जुन दिन देखि तिमिलाइ देखे साच्चै म परीवर्तन भए, तिमिबाहेक अरु सोच्नै सकिन । कोहि कसैलाई यसरी प्रेम गर्न सक्छ र ? अहिले कहिले काहीं आफै सोध्छु प्रश्न । काठमाडाँै आएदेखि फेसबुकमा साथी बन्न खोजे रिक्वस्ट पठाए तर एक्सेप्ट भएन । हरेक दिन मेसेज लेखे उत्तर आएन । एक बर्ष, दुई बर्ष कतिन्जेल पर्खु ? हरेक पल यहि सोचे अब त एक्सेप्ट भयो होला, आज त भयो होला, उहु…. पटकै आएन । एक्सेप्ट भयो तर …..।
म बिबाहको मिति सार्न सक्थे र ? छोरा कमाउने भएपछी बुवाआमाको चाहाना नै यहि हुदो रहेछ । फेरि जसलाई चाहे उस्को जवाफ पनि त आएन । भेट्न जाउ, खोज्न जाउ कहाँ जाउँ ? मेरो मुटु जसको लागि धड्केको छ उस्को मुटु के मा कस्को लागि धड्किन्छ त्यो पनि त थाहाथिएन ? भन त मन्जरी तिमी मेरो ठाउँमा भएको भए के गथ्र्यौ ?
म उसैलाइ हेरीरहे ।
उ रोकिएन, फेरि उहीँ बोल्यो–
अब सुन, त्यहा भएका हरेक मेसेज मेरा भावना थिए, बिबाहको अघिल्लो दिन पनि मेसेज गरेको थिए । पछि सोचे अब यी मेसेजको अर्थ छैन अनि अन्सेन्ट गरे । अब उसको चुप लाग्ने पालो थियो सायद ।
‘अब म के गरु मिस्टर दुलाल ?
‘के गरु ? किन के भएको छ र ? मैले केही गलत गरे र ?’ उसले भन्यो
‘गर्नुभयो, म थेसिसको सहजताको लागि आएको थिए, तर म कहाँ के मा अल्झे म प्रेममा परे । म पागल हुन आटे । ट्राइ टु अन्डर्स्टान्ड मिस्टर दुलाल ह्वाट आइ डु ?’
तिमी दुईको प्रेमलाई यसो भन्छौँ, प्रेम के हो मलाइ सोध । यो चार बर्षमा कतिपटक सम्झेर रोए होला म ?
उ फेरी फरर बोल्न थाल्यो ः
हामी बिच जे छ मीठो छ, हामी सम्बन्ध खुसी बनाउछौ । यहि सम्बन्धले दुख दिएको राम्रो हुन्न ? तिमी प्रेममा छौ ठिक छ, प्रेम हुनु नराम्रो हो र ? तर यति बुझ प्रेममा घात गर्नु हुदैन । अरु सबै थोक बिर्स, हामी साथी सधै हुन्छौ । तिमिलाइ गर्ने सहयोग सधै गर्न तयार छु ।
अनि प्रेम ? मैले सोधे
यसको जवाफ मसँग छैन, किन कि फेरि भन्छु प्रेम प्रश्न होइन, यो अनुभूति हो, महसुस हो, जिवनको रंग हो । हो प्रेम रंग हो यो रंगमा म रंगिन पाए तिम्रो कारणले मन्जरी मन्जरी ।
‘म त त्यो रंगले छोपिए मिस्टर दुलाल’ मैले भने
उ हेर त अस्ताउन लागेको सुर्यलाइ अहिले उस्लाइ लाग्दो होला पृथ्वीमा मेरो रंग कालो हुँदै छ । तर के पृथ्वी सुर्य बिना बाच्न सक्छ र? उस्ले भन्यो ।
‘हामि दुबै लाई थाछ, जे भैरहेको छ यो प्रेम नै हो’ मैले भने ।
‘तर यो कस्तो प्रेम मलाइ थाहाछैन’ उ अलि भावुक देखियो ।
तपाइको आँखामा पनि म प्रती माया नै देख्छु , के म गलत हु ? मैले साधे ।
तिमी गलत होइनौ, किनकी जुन दिनदेखि तिमिलाइ देखे त्यो दिन देखि मेरो आँखा र मनमा तिमी नै छौ । तर यति चै बुझ्नुपर्छ तिमिले परिस्थिती हाम्रो काबु भन्दा बाहिर छ । जे हुन खोजीरहेको छ, हाम्रो समाज भन्दा पर छ । हामी समाज, सामाजिक बाध्यता भन्दा टाढा हुन सक्दैनौँ ।
म मौन भए ।
उसको साहित्य यहाँपनि आयो
‘कसै कसैका लागि कोही सेवक यसरी बन्दिन्छ
फुललाई मन्दिर पुर्याउन पात टपरी बन्दिन्छ’
‘मन्जरी जौ होटल, म मेरो बदनामी सहन सक्छु, तिम्रो कदापी सक्दिन । तिमी त्यो फुल हौ मेरो लागि जसलाई टिपेर म मन्दिरमा चढाउन सक्छु तर सिउरिन सक्दिन’ क्या बोल्यो मनोज । साहित्यकार कति मज्जाले बोल्न सक्छन् है ।
‘मैले मेरो फिलिङ सुनाएको हो, यो कुनै किताब मा छैन, गुगलमा भेटिदैन । कबिता पनि होइन,म शब्दमा उतार्न सक्दिन तर म तपाइलाइ प्रेम गर्छु मिस्टर दुलाल’ म अलि भावुक नै भए । आशु आउन खोज्यो तर सम्हालिए ।
‘एकाअर्कामा आफ्ना कुरा लाद्ने प्रेम हुदैन, तिमी स्वतन्त छौँ । तिम्रो प्रेम स्वतन्त्र छ , बस जहाँ भए पनि भगवान देख्दा होस या तारा खस्दा प्रार्थना उस्कै लागि हुनुपर्छ । फेरि सुन, प्रेम लाद्ने हुनुहुदैन’ यति भनेर उनले फर्किन भन्यो ।
अघि उ मेरो पछि पछि थियो, अहिले उसको पछि म भए ।
उ कोठासम्म छोड्न आयो, र भन्यो ‘बधाई छ मन्जरी तिमिलाई प्रेमको दुनिँयामा स्वागत छ ।‘ उ यति भनेर हिड्यो , उ गएको हेरीरहे….
बिहान ७ बजेको फर्किने गाडी थियो । आज बिहान अलि ढिलो उज्यालो भयो । निद्रा र यादलाई त रहेछ रात कति लामो हुन्छ भनेर । नम्रता दिदी प्याकिङ गर्न थाल्नु भयो । ‘अब जानु पर्छ है मन्जरी’ दिदि भन्दै हुनुहुन्थ्यो ।
म मन्जरीमात्र कहाँ थिए मनोजको स्पर्शको दासी थिए । हिजो बिहानसम्म जीवन अर्कै थियो आज छुटिन लाग्दा अर्कै हुँदै थियो ।
ब्याग बोकेर झर्यौ । मनोज उसै गरि चिया पिउदै थियो तर आज उसको हातमा ग्रीन टि थिएन कडक चिया थियो । मुस्कान उहीँ थियो थोरै मन्द चै थियो । म नर्मल हुन खोज्दै थिए । मेरा आँखा भरीएका थिए । मेरो सामान गाडिमा हाल्ने उहीँ मनोज थियो । म धरान उत्रीने हुदा म माइक्रोको छेउको सिटमा बसे, उ म बसेपछी मेरो छेउमा बस्यो ।
आउदा जस्ता गफ थिएनन् । आज सुनसान थियो । दुई घन्टा म मनोजको साथमा थिए । धरानको छाता चोक नजिक आए पछि उसले मेरो हात बिस्तारी समात्यो र कानमा बिस्तारी भन्यो ।
‘एक चिम्टि सिन्दुरले उनको थर फेरियो
त्यहीँ पल बाट मेरो पनि सफर फेरियो’
अनि भन्यो ‘तिमी खुशी हुनु है माया, तिम्रो ओठमा मुस्कान नै मात्र सुहाउछ ।’
भानुचोक आएपछि कृष्णसरले मेरो लागि गाडी रोकिदिनु भयो । उसको हात बिस्तारी छुट्यो । छुटदै गएपछी उसको साथ मीठो लाग्दै गयो । धेरै बेर माइक्रोलाई हेरीरहे, मनोज स्पर्शमा हात बिदाइमा उठिरहे ……….