काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सरकारले वैशाख ३० मा स्थानीय निर्वाचनको मिति घोषणा गरेकोमा स्वागत गरेको छ ।
स्थानीय तह निर्वाचन ऐनअनुसार चुनाव घोषणा हुँदैन कि भन्ने चिन्ता बढिरहका बेला सरकारले चुनाव घोषणा गरेपछि अब निर्वाचनको तयारीम लाग्ने एमाले उपपमहासचिव विष्णु रिमालले बताए ।“कानुनअनुसार स्थानय तह निर्वाचन हुँदैन कि भन्ने अवस्थाले चिन्ता बढाएको थियो ।
तर, सरकारले चुनावको मिति घोषणा गरेको छ,” उपमहासचिव रिमालले भने, “सरकारले निर्वाचन गराउनकै लागि मिति घोषणा गरेको हुँदा अब आशंका गर्ने कुरा भएन । हामी निर्वाचनको तयारीमा लाग्छौँ ।”