पाँचथर । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भए पछि मालपोत कार्यालयले अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरेको छ । मालपोत कार्यालयल पाँचथरले सूचना जारी गर्दै आइतबार देखि कार्यालय बन्द रहने जनाएको हो ।
मालपोत कार्यालयले एन्टिजेन परिक्षण गर्दा आफ्ना कर्मचारीहरुमा संक्रमण देखिएको र संक्रमण सेवाग्रहीहरुमा फैलन नदिन अत्यावश्यक बाहेकको सेवा बन्द गरिएको बताएको छ । मालपोत कार्यालयले २१ गते सम्म सेवा बन्द रहने जनाएको हो ।