दिपक बोहोरा । बुधबार केन्द्रिय तथ्याङ बिभागले २०७८ को प्रारम्भिक जनसंख्या सार्वजनिक गरेको छ । बिभागले सार्वजनिक गरेको तथ्याङक अनुसार २०७८ मा पाँचथरकोको जनसंख्या १ लाख ७४ हजार चार सय १९ रहेको छ । जुन २०६८ को जनसंख्या भन्दा १७ हजार ३ उन्नासयले कम हो । अहिले पाँचथरको जनसंख्या बृद्धिदर ऋणत्मक रहेको छ । बृद्धिदर -०.९१ रहेको तथ्याङक बिभिागले सार्वजनिक गरेको प्रतिबेदनमा उल्लेख छ । २०६८ को जनसंख्या अनुसार पाँचथरको जनसंख्या १ लाख एकानब्बे हजार ८ सय १७ रहेको थियो ।
बुधबार सार्वजनिक भएको प्ररम्भीक जनसंख्या अनुसार पाँचथरमा ४३००३ परिवार र १७४४१९ जनसंख्या रहेको छ । जसमा, ८७०३३ जना पूरुष र ८७३८६ जना महिला रहेको जनाइएको छ ।
बुघबार सार्वजनिक भएको प्ररम्भीक जनसंख्या अनुसार पाँचथरमा सबै भन्दा बढि जनसंख्या फिदिम नगरपालिकको ४८७१३ रहेको छ ।सबै भन्दा कम तुम्बेबा गाउँपालिकामा ११०६३ रहेको छ । त्यस्तै कुम्मायक गाउँपालिकाको १३०२०, याङवरक गाउँपालिकाको १६८२८, फालेलुङगाँउपालिकाको २०५३१, हिलिहाङ गाँउपालिकाकाे २०५३७ र फाल्गुनन्द गाँउपालिकाको २१५२३ र मिक्लाजुङ गाउँपालिकाको २१३२८ रहेको छ ।
पाँचथरको जनसंख्या घट्नुको मुख्य कारण बसाइसराइ नै रहेको जानकारहरु बताउछन् । त्रिभुवन विश्वविद्यालय, जनसंख्या विभागका प्राध्यापक महेन्द्रप्रसाद शर्मा तराईमा जनसंख्या वृद्धिदर अन्यत्रभन्दा बढी हुनुमा बसाइसराइ नै मुख्य कारण रहेको बताउँछन् । तराईमा भन्दा पहाडमा गरिखान बढी समस्या रहेकाले तराईतर्फ बसाइसराइ गर्ने क्रम चलिरहेको उनी बताउँछन् । ‘तराईमा उत्पादन र वितरण पहाड र हिमालमा भन्दा सहज छ, त्यसैले मान्छे त्यता सरिरहेका छन्,’ उनी भन्छन् ।
मोरङ, रुपन्देही, झापा र सुनसरी जिल्ला दोस्रो, तेस्रो, चौथो र पाँचौ धेरै जनसंख्या भएका जिल्ला हुन् । कम जनसंख्या भएका जिल्ला मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थानमा पर्छन् ।