पाँचथर ।कर्मचारीमा काेराेना संक्रमण पुष्टि भए पछि फाल्गुनन्द गाउँपालिकाले अत्यावश्यकबाहेकका सेवाहरु बन्द गरेको छ । फाल्गुनन्द गाउँपालिकाले सूचना जारी गर्दै भोलि बुधबार देखि कार्यालय बन्द रहने जनाएको हो ।
गाउँपालिका स्राेतका अनुसार कार्यालयका कर्मचारीहरुलाई कोभिड संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेककाे सेवा बन्द गरिएकाे बताएकाे छ । गाउँपालिकाले माग १५ गते सम्म सेवा बन्द रहने जनाएकाे हाे ।