सरला रेग्मी, पाँचथर । पाँचथरमा शंका लागेर कोरोना एन्टीजेन परिक्षण गर्दा आइतबार र सोमबार गरि जम्मा १० जनालाइ कोरोना संक्रमण देखिएको छ । रुघा मर्की जस्तो लक्षण देखिएर परिक्षण गर्न गएका बिरामिमा कोरोना संक्रमण देखिएको हो ।
आइतबार ३६ जनामा एन्टीजेन परिक्षण गरेकोमा ४ जना र सोमबार ४३ जनालाई परिक्षण गर्दा कर्माचारी ४ र अन्य २ जना गरि जम्मा ६ जनामा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यलयका बालरोग विशेषज्ञ तथा कोभिड फोकल पर्सन डाक्टर बरुण अग्रवालले जानकारी दिएका छन् ।
रुघा मर्खी जस्तो लक्षण देखिएमा र आफुलाइ कोरोना हो कि भन्ने शंका लागे दिउँसो १ बजे बाट कोरोनाको एन्टिजेन परिक्षण गर्न सकिने छ । आइतबारदेखि जिल्ला स्वाथ्य कार्यलय पाँचथरमा एन्टिजेन परीक्षण हुन थालेको डाक्टर अग्रवालले केन्जो खबर डटकमलाई बताएका हुन् ।