पाँचथर । कोरोना संक्रमणको जोखिम बढेसँगै पाँचथरमा डिसिएमसि र स्थानिय सरकारका दोहोरी सुरु भएको छ । एउटाले विद्यालय बन्द गर्ने सूचना जारी गर्छ भने अर्कोले विद्यालय सुचारु राख्नु भन्दै सूचना जारी गर्ने गरेका छन् । यसरी सूचनाको एकरुपता नहँुदा शिक्षक र विद्यार्थीहरु मारमा परेका छ ।
सरकारले विभिन्न क्षेत्रमा निषेधको आदेश जारी गरेपनि पाँचथरका मिक्लाजुङ गाउँपालिका र फालेलुङ गाउँपालिकाले विद्यालय सञ्चालन गर्ने निणर्य गरेर भोली आइतबारबाट विद्यालय सञ्चालन गर्ने तयारीमा रहेका छन् ।कोरोनाको जोखिम बढेका कारण सरकारले विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निणर्य गरेको छ । तर देशभरीका विद्यालय बन्द हुँदा मिक्लाजुङ र फालेलुङ पालिकाले भने आफ्नो क्षेत्रभित्रका विद्यालय सञ्चालन गर्ने निणर्य गरे पछि स्थानीय चिन्तित भएका छन् ।विद्यालय उमेर समूहका बालबालिकाले समेत कोभिडविरुद्धको खोप नलगाएको अवस्थामा विद्यालय सञ्चालन गर्नु जोखीम हुने स्थानियहरुको भनाइ छ ।
बालबालिकालाई कोरोनाबाट जोगाउनु पहिलो प्राथमिकता भएपनि स्थानिय सरकारको ध्यान त्यता गएको देखिदैन ।
कोभिड १९ संकट ब्यबस्थापन समिति(डिसिएमसि) पाँचथरको बैठकले समेत जिल्लाका सबै शैक्षिक संस्थाहरु माघ १५ गते सम्म बन्द गर्ने निणर्य गरेको छ । बैठकले विद्यालय स्तरको सबै परिक्षा रोक्ने निणर्य गरेको छ । तर, मिक्लाजुङ गाउँपालिकाले शैक्षिक सत्र पुरा नहुने र मिक्लाजुङ गाउँपालिकामा कोभिडको असर नदेदिएको भन्दै सबै बिद्यालयलाई नियमित पठनपाठन गर्न र परिक्षा सञ्चालन गर्न निर्देशन दिदै सूचना जारी गरी पठनपाठन नियमित सञ्चालन गर्न निर्देशन दिएको हो ।
उता फालेलुङ गाउँपालिकाको शिक्षा शाखा प्रमुख करुणा नेपालले पनि सामाजिक सञ्जालमा सूचना जारी गर्दै माघ ७ गतेबाट फालेलुङ गाउँपालिकाको शैक्षिक क्यालेन्डर अनुसार पठनपाठन गर्न सूचना जारी गरेकी छन् । सामाजिक सञ्जालमा देखिएको सूचनाको आधिकारिकता बुझ्दा उक्त सूचना आधिकारीक रहेकाे बताइन् । फालेलुङ गाउँपालिकाले गाउँपालिकाको शैक्षिक क्यालेन्डर अनुसार पठनपाठन सुचारु गराउने निणर्य भएको शिक्षा शाखा प्रमुख करुणा नेपाल जानकारी दिइन् । सोहि अनुसार विद्यालय सञ्चालन हुने उनले बताइन् ।
कोभिड १९ संकट ब्यबस्थापन समिति(डिसिएमसि) को निणर्य र सरकारको निणर्य गाउँपालिकाले मान्नु पर्ने कोभिड १९ संकट ब्यबस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए । उक्त पालिकाहरुका प्रमुखहरु संग समन्वय गरेर विद्यालय बन्द गरीने उनल बताए ।
मिक्लाजुङ गाउँपािलकाकाे सूचना
फालेलुङ गाउँपािलकाकाे सूचना
हेर्नुहाेस डिसिएमसी पाँचथरकाे निर्णय