पाँचथर । कात्तिक महिनामा पाँचथरको बिभिन्नस्थानमा गएको बाढी पहिरोमा परि ज्यान गुमाएकाहरुको परिबारलाई २९ जनाको परिवारलाई सरकारले राहत स्वरुप ४९ लाख रुपैयाँ उपलब्ध गराएको छ । पहिरोमा ५ जना आफन्त गुमाएको एउटा परिवारलाई ७ लाखसहित २ जना गुमाएका ४ परिवारलाई २ लाख र १ जनाका दरले ज्यान गुमाएका २० परिवारलाई २ लाखका दरले राहत रकम उपलब्ध गराइएको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ । सरकारले जिल्ला प्रशासन कार्यालय पाँचथरमार्फत् ती परिवारलाई एकमुष्ट राहत रकम उपलब्ध गराएको हो ।
सरकारको बाढीपहिरोमा ज्यान गुमाउनेका परिवारलाई २ लाख र एकभन्दा धेरैको ज्यान गएको भए प्रतिव्यक्ति थप एक लाखका दरले राहत दिने निणर्य अनुसरा उक्त राहात बितरण गरेको प्रशासनले जनाएको छ ।
पाँचथरमा बाढी पहिरोमा परेर ३१ जनाले ज्यान गुमाएका थिए । मिक्लाजुङ गाउँपालिकामा मात्रै २४ जनाले ज्यान गुमाएका थिए । ३ जना बेपत्ता भएका थिए । बेपत्ता ३ र मृतक २ जनाको भने प्रक्रिया पुगेर कागजात आउन बाँकी रहेकाले भुक्तानी गर्न ढिलाइ भएको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ ।