ताप्लेजुङ। ताप्लेजुङको फुङलिङ स्थित पुरानो बैंक लाइन क्षेत्रमा सञ्चालित एक होटलमा कार्यरत भारतीय नागरिक मृत भेटिएका छन् ।
भारतको पूर्णिया जिल्ला चपय गाउँ बस्ने २१ बर्षिय दिलसुख कुमार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । मृतकका आफन्त आईपुगेपछि शवको पोष्टमार्टम गरि थप अनुसन्धानलाई अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक बाल नरसिंह राणाले बताउनुभयो । उहाँका अनुसार आफन्तहरु भारतबाट बिहीबार विहानै ताप्लेजुङ प्रस्थान गरिसकेका छन् ।
शौचालय जाने भन्दै हिडेंका उनी लामो समय सम्म फर्की नआएपछि खोज्न जाँदा बेहोस अवस्थामा भेटिएको संगै सुतेका साथीको भनाई छ । शव जिल्ला अस्पतालको शव गृहमा राखिएको छ ।