रबि । पाँचथर “ए” डिभिजन लिग फुटबल प्रतियोगितामाको बिजेता राइजिङ स्टार क्लब रबि बनेको छ । ५ खेलमा ५ खेलनै जितेको राइजिङस्टारले लिगमा १५ अंक जोड्न सफल भयो । अन्तीम खेल भने नकआउट भएकाले अंक तालीमा समाबेश छैन् । लिगमा सबै खेलमा सत प्रतिशत नतिजा निकाल्ने एक मात्र टोली राइजिङ स्टार बन्यो ।
बिजेताको टुङगो भने नकआउट प्रकृयाबाट गर्नु परेको थियो । ११ वटा क्लबको सहभागीता रहेको प्रतियोगितामा सहभागी क्लबहरुलाई २ समुहमा बिभाजन गरी खेलाइएको थियो । समुह “क” को बिजेता टुस्टार र समुह “ख” को समुह बिजेता राइजिङ स्टार बिच लिग च्याम्पीयनको लागी प्रतिस्पर्धा गराइएको थियो ।
समुह “क” को बिजेता टुस्टार ७ अंक जोड्दै समुह बिजेता बनेर फाइनल प्रबेश गरेको थियो । समुह “ख” को समुह बिजेता राइजिङ स्टारले पाँचवटै खेलमा सत प्रतिशत नजिजा निकाल्दै १५ अंकका साथ समुह बिजेता बनेको थियो । फाइनल टु स्टारले खेलेको भए पनि लिगको नियम अनुसार हामीले दोश्रो स्थानमा भने सुम्हात्लुङ क्लबलाई राखेका छौं । सुम्हात्लुङ क्लबले ५ खेलमा १० अंक जोडेको छ । ७ अंक जोडेको टु स्टारले समुह “क” को बिजेता बनेर फाइनल खेलेको हो ।
८ अंक भएको पाँचथर युनाइटेड तेस्रो, चोलुङ युथ क्लब ७ अंक का साथ पाँचौं, ६ अंक का साथ पल्लोटार छौटौं , फिदिम स्र्पोटिङ क्लब ५ अंक का साथ सातौं स्थानमा रहयो । २ अंक जोडेको रानिटार युनाइटेड पुछारमा रहयो । रानिटारले ४ खेलमा कुनै खेल जित्न सकेन ।
हेर्नु होस केन्जो खबर तयार पारेको जिल्ला लिगको अंक तालीका