पाँचथर । पछिल्लो समय कोभिड १९ तिब्र गतिले फैलिरहेको र यसको जोखिमलाई मध्यनजर गर्दै शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले २०७८ पुस २७ गते देखि माघ १५ सम्म देश भरका सबै बिद्यालयमा पठनपाठन बन्द गर्ने निणर्य गरे पनि मिक्लाजुङ गाउँपालिकाले शैक्षिक सत्र पुरा नहुने र मिक्लाजुङ गाउँपालिकामा कोभिडको असर नदेदिएको भन्दै सबै बिद्यालयलाई नियमित पठनपाठन गर्न र परिक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।
मंगलबार कोभिड १९ संकट ब्यबस्थापन समिति(डिसिएमसि) पाँचथरको बैठकले समेत जिल्लाका सबै शैक्षिक संस्थाहरु माघ १५ गते सम्म बन्द गर्ने निणर्य गरेको छ । बैठकले विद्यालय स्तरको सबै परिक्षा रोक्ने निणर्य गरेको छ । डिसिएमसि पाँचथरले कक्षा १२ को मौका परिक्षा नरोक्न निणर्य गरेको छ । यि परिक्षाहरु सञ्चालन गर्दा पुणर्रुपमा स्वास्थ्य मापदण्ड अपनाउनु पर्ने जनाएको थियो ।
मिक्लाजुङ गाउँपालिकाको गाउँपालिकाकाे सूचना शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय र कोभिड १९ संकट ब्यबस्थापन समिति(डिसिएमसि) पाँचथरको निणर्यको बिपक्षमा देखिन्छ ।
बुधबार मिक्लाजुङ गाउँपालिकाको आधिकारी फेसबुक पेजबाट सो सूचना प्रकाशित गरिएको थियो ।
हेर्नुहाेस मिक्लाजुङ गाउँपालिकाको सूचना
हेर्नुहाेस डिसिएमसि पाँचथरको निर्णय