रबि । मिक्लाजुङमा जारी पाँचथर “ए” डिभिजन लिग फुटबल प्रतियोगितामा आज ४ खेल सम्पन्न भएका छन् । आज भएको पहिलो खेलमा न्युपाथिभरा क्लब चोकमागुले तिजोक क्लब नवमिडाँडालाई ५-१ ले हरायो । पाथिभराक्लबले ४ खेल खेल्दै एक जित, एक बराबरी र एक हार ब्यहोरदै ४ अंक जोडेको छ । तिजोक क्लबले जारी लिगमा ४ खेल खेल्दै १ जित र ३ हार ब्यहोरदै ३ अंक जोडेको छ ।
आजै भएको दोश्रोे खेलमा टु स्टार ग्रामिण शिर्जन क्लव इम्बुङले पल्लोटार युवा क्लब लाई २-१ ले हरायो । जारी लिगमा टु स्टार क्लब इम्बुङले ४ खेल खेल्दै ७ अंक का साथ अंक तालीकाको चौथो स्थानमा छ । टु स्टारले २ जित, एक बराबरी र एक खेलमा हार ब्यहोरेको छ । पल्लोटार युवा क्लब ३ खेलमा एक जित र एक हार ब्यहोरदै ३ अंकका साथ तालीकाको ९ औं स्थानमा छ ।
आजै भएको तेस्रोे फिदिम स्पोर्टिङ क्लब र रानिटार युनाइटेड क्लबले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । फिदिम स्पोर्टिङ क्लब जारी लिगमा ४ खेल खेल्दै ५ अंक जोड्दै तालीकाको छौटौं स्थानमा छ । रानिटार युनाइटेड क्लब २ अंकका साथ अंक तालीकाको पुछारमा छ ।
आजै भएको अन्तमि खेलमा पाँचथर युनाइटेड र सुम्हात्लुङ क्लबले ४-४गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । जारी लिगमा ४ खेल खेलेको पाँचथर युनाइटेडले ५ अंकका साथ तालीकाको पाँचौं स्थानमा छ । ७ अंक भएको सुम्हात्लुङ क्लब तालीकाको तेस्रो स्थानमा छ ।