पाँचथर । पछिल्लो समय देश भर कोरोना भाइरसको नयाँ भेरीयन्ट ओमिक्रोन बढीरहेको र त्यसको जोखीमलाई मध्यनजर गर्दै कोभिड १९ संकट ब्यबस्थापन समिति(डिसिएमसि) पाँचथरले सर्वाजनिक स्थलमा हुने सबै खाले भेलहरुलाई पुर्ण राेक लगाउने निणर्य गरेको छ । अब सार्वजर्निक स्थलहरुमा २५ जना भन्दा बढी भेला हुन नपाउने भएको छ । मंगलबार जिल्ला प्रशासनको हलमा बसेको कोभिड १९ संकट ब्यबस्थापन समिति (डिसिएमसि) को बैठकले यस्तो निणर्य गरेको हो ।
माघ ७ गतेबाट होटल,रेष्टुडेन्ड,सिनेमाहलमा प्रबेश गर्दा अनिर्वाय खोप कार्ड देखाउनु पर्ने भएको छ । डिसिसिएमसिले खोप कार्डको फोटो मोवाइलमा खिचेर देखाए पनि मान्य हुने बताएको छ । डिसिसिएमसि पाँचथरले जिल्लाका सबै शैक्षिक संस्थाहरु माघ १५ गते सम्म बन्द गर्ने निणर्य गरेको छ । तर, बोर्ड परिक्षाहरु भने रोकिने छैन् । बैठकले विद्यालय स्तरकाे सबै परिक्षा राेक्ने निर्णय गरेकाे छ । तर, डिसिएमसि पाँचथरले कक्षा १२ को माैका परिक्षा नरोक्न निणर्य गरेको छ । यि परिक्षाहरु सञ्चालन गर्दा पुर्ण स्वास्थ्य मापदण्ड अपनाउनु पर्ने बताइएको छ ।
मंगलबार बसेको डिसिएमसि पाँचथरको बैठकले माघ ७ गतेबाट सार्वजनीक सेवा लिन आउने सेवाग्राहिहरु अनिर्वायरुपमा खोप कार्ड देखाएर मात्र सेवा लिन पाउने निणर्य गरेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए ।
मंगलबार बसेकाे बैठकले कोभिड १९ संक्रमण जोखिम बढ्र्दै गइरहेको सन्दर्भमा जिल्लामा स्वास्थय कार्यालय र स्वास्थ्य संस्थाहरुले निशुल्क एन्टीजे टेस्ट केन्द्रहरु स्थापना गर्ने, खोपलाई नियमित गर्ने थुप्रै निणर्यहरु गरिएको छ ।
हेर्नुहाेस डिसिएमसि पाँचथरको निर्णय